खोज–अनुसन्धान

५६ औ अन्तर्राष्ट्रिय साक्षरता दिवसः महाराजगंज बन्यो साक्षर नगर




कपिलवस्तु २३ भदौ।५६ औ अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा कपिलवस्तुको महाराजगंज नगरपालिकालाई साक्षर नगर घोषणा गरिएको छ । नगरपालिकामा रहेको १५ देखि ६० बर्ष उमेर समुहका ९६ दशमलव १५ प्रतिशत साक्षर भए पछि नगरलाई साक्षर नगरपालिका घोषणा गरिएको हो । नगरपालिकामा रहेको सबै ११ वटा वडामा सो उमेर समुहका ९५ प्रतिशत बढी साक्षर रहेको नगरपालिका शिक्षा ईकाईका प्रमुख रेस्मीराज आर्यालले प्रतिबेदन प्रस्तुत गरेका थिए । नगरपालिकामा १५ देखि ६० उमेर समुहका २३ हजार ६३७ जन जन संख्या मध्ये २२ हजार ७२६ जना साक्षर रहेका छन ।
उप मेयर रीता कुमारी कुर्मीले नगरपालिकामा १५ देखि ६० उमेर समुहका ९६ प्रतिशत बढी साक्षर रहेको भन्दै नगरलाई साक्षर नगरपालिका भएको घोषणा गरेकी थिईन । उनले पछी परेको नगर साक्षर घोषणा हुनु आफैमा उदाहरणीय कार्य भएको उनले बताए ।सो अवसरमा शिक्षा ईकाई तथा समन्वय कार्यालयका प्रमुख थानेश्वर घिमिरेले जिल्लामा रहेका १० पालिका मध्ये महाराजगंज पाचौ पालिकाकारुपमा साक्षर घोषणा भएकोमा खुशी ब्यक्त गदै जिल्लालाई समेत साक्षर बनाउन सबैले साथ दिनु पर्ने बताए । कपिलवस्तुमा अझै कपिलवस्तु रकृष्णनगर नगरपालिका तथा मायादेबी, सुद्धोदन र बिजयनगर गाउपालिका साक्षर घोषणा हुन नसकेको बताए ।
बाकी ४ पालिकाले भने साक्षरकालागि काम अघि बढाएका छन । जिल्लालाइै आउने माघ फागनु भित्रै साक्षर घोषणा गर्ने तयारी रहेको उनले बताए । सो अवसरमा नगरपालिका प्रमुख प्रशाकीय अधिकृत रबिन्द्र प्रसाद चौधरीले नगरपालिकालाई अघि बढाउने अभियानलाई सबैले साथ दिनु पर्ने बताए । सो अवसरमा वडाध्यक्ष प्रमोद चौधरीले नगरलाई कागजमा मात्र नभै वस्तविक साक्षर घोषणाकालागि सबैले पहल गर्नु पर्ने बताए । सो अवसरमा शिक्षा ईकाई तथा समन्वय कार्यालयमा प्रमुखलाइृ सम्मानित समेत गरिएको थियो । कार्यक्रम नगर उप प्रमुख रिता कुमारी कुर्मीको अध्यक्षता र बुजेश यादवको संचालनमा भएको थियो ।

प्रकाशित : २३ भाद्र २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६