खेलकुद

वक्तित्वकला कार्यक्रम सम्पन्न।



बबिता गिरी

कपिलवस्तु, २५ भाद्र ।कपिलवस्तु नगरपालिकाको वडा नं ६ मा वडा स्तरीय बाल समुह संन्जालले “ बाल मैत्री समाजको आधार जिम्मेवार परिवार उत्तरदायी सरकार ” भन्ने मुल नाराका साथ वक्तित्वकला कार्यक्रम सम्पन्न गरेका छन्।
कपिलवस्तु नगरपालिकाको आथिर्क सहयोग र वडा नं ६ मा रहेको वडा बाल समुह संन्जालको आयोजना मा बाल समुहहरुका बाल बालिकाहरु बिच वक्तित्वकला प्रतियोगिता गरिएको हो ।
करिब ६० जना को सक्रिय सहभागिता रहेको सो कार्यक्रममा वडा बाल समुह संन्जालकि अध्यक्ष मुना गिरीको अध्यक्षता , वडा नं ६ का वडा अध्यक्ष रामजित प्रसाद चौधरी को बिशिष्ट आतिथ्यता, रहेको थियो भने ‌अतिथि तर्फ वडा नं ६ कि वडा सदस्य रामसरी सुनार,अनिता नाउ, जनता प्रा.वि का प्र.अ रामअसेसर यादव, योगदान राष्ट्रको लागि कपिलवस्तुका जिल्लाका सल्लाहकार प्रमुख गोपिकृष्ण श्रेष्ठ, तिलौराकोट युवा क्लब तथा सुचना केन्द्रका अध्यक्ष राम शब्द यादव, शिद्धार्थ युवा क्लब जहदीका अध्यक्ष देविराम लोहार , जनता प्रा.वि का विध्यालय व्यवस्थापन समिति का अध्यक्ष जमुना प्रसाद यादव लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा १२ जना प्रतिस्पर्धी थिए जसमा
१ प्रथम दिलिप बरई
२ दितिय समि‍छ्या उपाध्याय
३ तिर्तिय राजेन्द्र बिश्वकर्मा
४ सान्त्वना गिता तेली
स्थाल हासिल गर्न सफल भएका थिए।

प्रकाशित : २५ भाद्र २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६