खोज–अनुसन्धान

दाङ जिससले थाल्ने भयो अनुदानको दुरुपयोग रोक्ने कदम



दाङ ३१भदौ । जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माले अनुदानको दुरुपयोग भएको पाइएमा कसैलाई पनि नछाड्ने चेतावनी दिनुभएको छ । बिहीबार भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङले गरेको वार्षिक स्वीकृत कार्यक्रम सार्वजनिकिकरण कार्यक्रममा उहाँले यस्तो चेतावनी दिनुभएको हो ।पशु सेवा विज्ञ केन्द्र दाङका प्रमुख सुधाम भट्टको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि शर्माले अनुदानका कार्यक्रममा दुरुपयोग भएको कुरा बाहिर आउने गरेको सुनेको भन्दै त्यस तर्फ ध्यान दिन कर्मचारीहरुलाई निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, ‘अनुदानका कार्यक्रम दुरुपयोग हुने गरेको सनिन्छ । यदि यस्ता कार्यक्रमहरु दुरुपयोग भयो भने तपाईहरुलाई पनि छुट दिइने छैन ।’
शर्मा वास्तविक कृषकहरुले अनुदान पाउनु पर्ने भन्दै अनुगमणलाई निकै प्रभावकारीका साथ अगाडि बढाइने बताउनुभयो । अनुदान दिँदा वास्तविक किसानलाई मारेर कोहि नेताको पछि लागेकै भरमा उसलाई कदापी दिननहुने उुहाँले धारणा राख्नुभयो ।र भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख भट्टले संघीयता कार्यन्वयनको चरणमा नै रहेको भन्दै केहि कार्यक्रमहरु गर्दा संघ, प्रदेश र स्थानीय तहबीच तालमेल नहुने गरेको बताउनुभयो । कतिपय कृषकले स्थानीय, प्रदेश तथा संघबाटसमेत अनुदान पाउने अवस्था आएको भन्दै यो तीन तहका सरकारबीचको तालमेल नमिल्दा भएको उहाँले जनाउनुभयो ।
कार्यक्रममा चालु आर्थिक वर्ष २०७९÷८० का लागि दाङ जिल्लामा सञ्चालन हुने विभिन्न कार्यक्रमको बारेमा जानकारी गराइएको थियो । चालु आर्थिक वर्षमा पशु सेवा विज्ञ केन्द्रबाट जिल्लामा ९ करोड बढीको कार्यक्रम सञ्चालन हुने छ ।जसमा साधारण खर्च ९सँगै कर्मचारीको तलवभत्ता० देखि पोषण शुरक्षा कार्यक्रम, स्मार्ट कृषि गाउँ, मत्से विकास तथा प्रवर्धन, पशु स्वास्थ्य नियमण, प्रधानमन्त्री कृषि आधुनिकिकरण करण कार्यक्रमलगायत कार्यक्रम सञ्चालन हुनेछन् । गत आर्थिक वर्षभन्दा चालु आर्थिक वर्षमा बजेट घटेर आएको पशु सेवा विज्ञ केन्द्र दाङले जनाएको छ ।पशु सेवा विज्ञ केन्द्र दाङका योजना सहायक खड्क केसीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, कृषि ज्ञान केन्द्र दाङका प्रमुख बुद्धिराम घिमिरे, दशवटै स्थानीय तहका कृषि शाखामा कार्यरत कर्मचारी, कृषकलगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सहजिकरण पशु सेवा विज्ञ केन्द्रका पशु स्वास्थ्य शाखा अधिकृत भरत देवकोटाले गर्नुभएको थियो ।

प्रकाशित : ३१ भाद्र २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६