प्रदेश

बाँकेमा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई ल्यापटप वितरण



नेपालगञ्ज ३१ भदौ । बाँकेको नरैनापुर गाउँपालिकाले २६ जना उत्कृष्ट विद्यार्थी तथा विद्यालयलाई सम्मान गरेको छ । विद्यालयले उत्कृष्ट काम गरेकालाई सम्मान र पुरस्कृत गरिएको पालिकाले जनाएको छ ।
दक्षिणा यादव र पवनसिंह यादवले एसइईमा पालिकामा सर्वोत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण भएकोमा दुवै जनालाई ल्यापटप प्रदान गरिएको छ । अन्य उत्कृष्ट विद्यार्थीलाई कपी, झोला, प्रमाणपत्र प्रदान गरी सम्मानित गरिएको छ ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष इश्तियाक अहमद साहले विकास भनेको सडक निर्माण गर्नु मात्र नभई गुणस्तरीय शिक्षामा अघि बढ्नु पनि विकास भएको चर्चा गर्नुभयो । गाउँपालिकाले शिक्षालाई उच्च प्राथमिकतामा राखेर कार्यक्रम अगाडि बढाएको उहाँले बताउनुभयो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालका अनुसार सम्मानले भावी दिनमा शिक्षण सिकाइमा ऊर्जा प्रदान गर्ने बताउनुभयो । ल्यापटप पाएका विद्यार्थी पवनसिंह यादवले आफूले कल्पना समेत नगरेको पुरस्कार पाएको भन्दै खुसी व्यक्त गर्नुभयो । यसबाट अन्य विद्यार्थीलाई पनि हौसला पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
गाउँपालिकाका शिक्षा अधिकृत कृष्णप्रसाद थारुले शिक्षामा पछाडि परेको नरैनापुरलाई क्रमशः माथि उठाउने काम भइरहेको बताउनुभयो । केही वर्ष पहिलेसम्म यो क्षेत्रका अधिकांश विद्यालयमा शिक्षक र बालबालिका दुवै नभेटिने गरेकोमा हाल आएर शिक्षक र विद्यार्थी दुवै नियमित भएको बताउनुभयो ।

प्रकाशित : ३१ भाद्र २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६