प्रदेश

शैक्षिक गुणस्तर बृद्धि गर्न स्काउटले महत्तवपूर्ण भुमिका खेल्दै



भगवती न्यौपाने कपिलवस्तु ३१ भदौ
शैक्षिक गुणस्तर बृद्धि गर्न स्काउटले महत्तवपूर्ण भुमिका खेल्ने प्रदेश सभा सदस्य एवम् पुर्ब मन्त्री लिला गिरिले बताउनु भएको छ । बाल मैत्री समाजको आधार ,जिम्मेवार परिवार उत्तरदायि सरकार भन्ने मुल नाराका साथ नेपाल स्काउट लुम्बिनि प्रदेश समितिले विहिवार ५८औ बाल दिवसको अवसरमा शान्ति स्थापनाका लागि बालबालिकाको भुमिका भन्ने विषयमा राखेको वक्तित्वकला प्रतियोगितालाई सम्बोधन गदै उहाँले यस्तो बताउनु भएको हो ।
यहाँका युवा बाहिर जादा देशको आर्थिक सम्पति बाहिर गएको बताउदै विद्यार्थीले पढेर बाहिर जाने सपना बुन्नु भन्दा यहि सुन फलाउनु पर्ने उहाँले बताउनु भयो । देशलाई सक्षम बनाउन विद्यार्थी नै सक्षम भएको बताउदै आजका विद्यार्थी भोलि देश निर्मताका बलियो खम्बा हुने पुर्ब मन्त्री गिरिले बताउनु भयो ।
प्रदेश संयोजक दिनानाथ भट्टराईले विद्यार्थीको प्रतिभा उजागर गर्न स्काउटको आश्यकता रहेको बताउदै प्रत्येक विद्यालयमा स्काउट शिक्षा पढाउनु पर्ने बताउनु भयो ।
कार्यक्रममा शिक्षा तथा खेलकुद मन्त्रालयका उप सचिब मनोज कुमार गैरे, प्रदेश युवा परिषद्धका कार्यकारि उपाध्यक्ष गोबिन्द केसि, प्रा. डा. तारा प्रसाद उपाध्यायले स्काउटले विद्यार्थीमा अनुशासन मात्रै होइन विद्यार्थीमा सकरात्मक सोचको विकास गराउने बताउनु भयो ।
प्रतियोगितामा लुम्बिनी प्रदेश भित्रका ५ वटा जिल्लाका २१ विद्यालयका स्काउट विद्यार्थीको सहभागीता रहेको थियो । निर्णायकको भुमिकामा प्रा. डा हिरण्यलाल ज्ञवालि र प्रा.डा कुलमणि ज्ञवालिले गर्नु भएको थियो । साथै उहाँले विद्यार्थीको व्यक्तित्व र नेतृत्व विकास गर्न यस्ता कार्यक्रमले ठुलो सहयोग पुग्ने बताउनु भयो ।
यता प्रतियोगितामा प्रथम स्थान ओदारि मावि कपिलवस्तुकी ज्यासमिन शर्मा , द्धितिय इडन इङलिस बोर्डिङ स्कुल रुपन्देहीकी रितिका खनाल, तृतीय रामापुर मा. बि.रुपन्देहीका सुबिन घिमिरे र सान्त्वना प्यारामाउण्ट रुपन्देहीकी मानुसि न्यौपाने हुनुभएको छ ।
प्रथम , दितिय ,तृतीय र सान्त्वना हुने विद्यार्थीहरुलाइ शिल्ड , प्रमाणपत्र र मेडल दिएको थियो भने बाकि विद्यार्थी सहभागीहरुलाई समेत प्रमाणपत्र वितरण गरिएको थियो । साथै उक्त कार्यक्रममा प्रथम स्थान हासिल गर्ने विद्यार्थीलाइ लुम्बिनी बाणिज्य क्यामपसको ब्यबस्थापन संकायमा पढ्न इच्छुक भएमा ५० प्रतिशत छुट दिने लुम्बिनी बाणिज्य क्याम्पसका प्रमुख प्रा. डा. तारा प्रसाद उपाध्ययले कार्यक्रम मार्फत घोषणा गर्नु भएको प्रदेश सदस्य भगवती न्यौपानेले बताउनु भयो ।
प्रदेश सदस्य खुमाकान्त अधिकारीको स्वागत मन्तव्य र प्रदेश कार्यलयका अधिकृत तारा पुरीको सञ्चानमा भएको कार्यक्रममा प्रदेश स्काउट सदस्य मुकुन्द सुचिकार, विभिन्न विद्यालयका स्काउट मास्टर,विद्यार्थी शिक्षकहरुको उपस्तिथ रहेको थियो ।

प्रकाशित : ३१ भाद्र २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६