खोज–अनुसन्धान

प्रतिनिधी सभा र प्रदेश सभाको कार्यकालको अन्त्यमा जसपा र लोसपाका ५ सांसद एमाले प्रबेश




ललितपुर १ असोज ।प्रतिनिधिसभा र प्रदेशसभाको आयु सकिन एक दिन अगाडि मधेस प्रदेशकी जसपा सांसद डा।रीना यादव केपी ओलीको हातबाट टीका लगाएर नेकपा एमालेमा प्रवेश गरिन् । जसपा केन्द्रीय सदस्यसमेत रहेकी यादव तत्कालीन राष्ट्रिय जनता पार्टीबाट समानुपातिक सांसद थिइन् । पार्टी विभाजनपछि उनी उपेन्द्र यादव नेतृत्वको जसपामा थिइन् ।नेकपा एमालेका केन्द्रीय सदस्यसमेत रहेका युवा नेता सन्जिव झा लगायतसँगको छलफलपछि उनी एमालेमा प्रवेश गरेकी हुन् । पछिल्लो समय युवा नेता झाको नेतृत्वमा एमालेले मधेशका लोकप्रिय फिगरहरुलाई पार्टीमा प्रवेश गराइरहेको छ । सांसद रिना यादव प्रवेश गर्नुअघि जसपाकै सांसद अन्जु कुमारी यादव र रुही नाज पनि धनुषाको आमसभामा एमाले प्रवेश गरेका थिए । रुही नाज प्रतिनिधि सभा सदस्य हुन् भने अन्जु प्रदेश सभा सदस्य हुन् । उनीहरु दुवैलाई एमाले अध्यक्ष अ‍ोलीले पार्टीमा स्वागत गरे ।
मधेश प्रदेशका अर्का सांसद प्रल्हाद गिरी पनि नेकपा एमालेमा प्रवेश गरिसकेका छन् । पर्साबाट प्रत्यक्ष निर्वाचित गिरी केही दिनअघि अध्यक्ष ओलीलाई भेटेर एमालेमा प्रवेश गरेका हुन् ।दुवै सदनको आयु सकिनै लाग्दा मधेशवादी दलका धेरै नेता कार्यकर्ता र निवर्तमान जनप्रतिनिधिहरु एमालेमा प्रवेश गरिरहेका छन् । तत्कालीन संघीय समाजवादी फोरमबाट धनुषा २ बाट निर्वाचित भएका र हाल लोसपाको प्रमुख सचेतक रहेका उमाशंकर अरगरिया पनि एमाले प्रवेश गर्ने निश्चित भएको छ ।उनलाई एमालेमा स्वागत गर्न अध्यक्ष ओली पुनः जनकपुर जाँदैछन् । अरगरीयासँगै जसपा र लोसपाका अन्य सांसदहरु समेत एमाले प्रवेशका लागि संवादमा रहेको बताइएको छ । पर्साबाट निर्वाचित विमल श्रीवास्तव लगायतका नेताहरु समेत एमालेसँग संवादमा छन् ।केही दिनअघि सुदूरपश्चिम प्रदेशका नेकपा एसका सासद तारा लामा तामाङलगायत पनि एमालेमा प्रवेश गरेका थिए ।

प्रकाशित : १ आश्विन २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६