खोज–अनुसन्धान

गाउँपालिकाले पारित गर्यो मोवाइल स्वयंसेवक शिक्षक राख्ने अवधारणा



गुल्मी २ असोज । गुल्मीको इस्मा गाउँपालिकाले शिक्षिका सुत्केरी बिदामा बस्दा विद्यालयमा पठनपाठन गर्न स्वयंसेवक शिक्षक राख्ने भएको छ । स्वयम सेवक शिक्षकलाई मोवाइल शिक्षकका रुपमा राखिने। जहाँ आवश्यक परयो त्यहा गएर पढाउने छन् । छशिक्षकहरू बिदामा रहँदा विद्यार्थीको सिकाइमा असर पर्ने भन्दै कार्यपालिकाको बैठकले २३ जना शिक्षकलाई स्वयंसेवक राख्ने निर्णय गरेको हो ।विद्यालयमा कुनै शिक्षिका सुत्केरी भएको अवस्था एवं कुनै शिक्षक कुनै कारणबस लामो समयसम्म बिदामा बस्नुपरेको समयमा विद्यालयको पठनपाठनमा कुनै समस्या नहोस् भन्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको इस्मा गाउँपालिकाका उपाध्यक्ष अधिवक्ता पार्वती कुँवरले बताउनुभयो ।

स्वयंसेवक शिक्षकलाई वडा अनुसार शिक्षक नभएका विद्यालयमा पठाउने र विद्यार्थीलाई नियमित रुपमा कक्षा सञ्चालन गर्न सहयोग पुग्ने उहाँको भनाइ छ ।पालिकाले स्वयंसेवक शिक्षक व्यवस्थापन कार्यविधि २०७९ मा भएको व्यवस्था बमोजिम गाउँपालिका अन्तर्गत सञ्चालित सामुदायिक विद्यालयहरुमा विभिन्न कारणले आंशिक रुपमा रिक्त पदमा करार सेवा मार्फत खुल्ला प्रतिस्पर्धाका आधारमा स्वयंसेवक शिक्षकहरु राख्न लागेको हो । पालिकाले राख्न लागेका स्वयंसेवक शिक्षकहरुमा प्रथमिक तहमा दश, प्रारम्भिक बाल विकासमा दश र विद्यालय सहायकमा तीन गरि जम्मा २३ जना रहनेछन् ।

प्रकाशित : २ आश्विन २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६