जीवनशैली

पूर्ण अपाङ्गता भएका व्यक्तिलाई प्रशासनले घरमै पुगेर दियो नागरिकता



गुल्मी ५ असोज –
जिल्ला प्रशासन कार्यालय गुल्मीले इस्मा गाउँपालिका–५ की ३५ वर्षीया पूर्ण अपाङ्गता रहेकी विष्णु कुँवरलाई घरमै पुगेर नागरिकता दिएको छ । प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेल, सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरैसहितको टोलीले कुँवरको घरमै पुगेर नागरिकता दिएको हो ।
नागरिकता नहुँदा कुँवर सामाजिक सुरक्षासहित राज्यबाट प्राप्त हुने अन्य सेवा–सुविधाबाट बञ्चित हुनुपरेको थियो । इस्मा गाउँपालिकाका अध्यक्ष भगतसिंह खड्का, उपाध्यक्ष पार्वती कुँवर र वडाध्यक्षसहितको रोहवरमा नागरिकता प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलले जानकारी दिनुभयो ।
आठ वर्ष अघि माइतीमा आएको बेला घर पोत्ने क्रममा लडेर मेरुदण्ड भाँचिएपछि कुँवर पूर्ण रुपमा अपाङ्ग हुनु भएको थियो । श्रीमानसँग सम्बन्ध राम्रो नभएपछि कुँवर माइतीमै बसेर अधिकारका लागि न्याय माग्न अदालतसम्म पुग्नुपरेको थियो ।
उहाँका एक छोरा छन् । अदालतले अर्जुन कुँवर र विष्णुलाई गएको वर्ष श्रीमान्–श्रीमतीको रुपमा नाता कायम गरिदिएको थियो । नागरिकता पाएपछि आफूले ठूलो राहत महसुस गरेको कुँवरको प्रतिक्रिया छ ।

प्रकाशित : ५ आश्विन २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६