कृषि

किसानलाई सहुलियतको नीति नलिएसम्म कृषिमा आत्मनिर्भर हुने कुरा गफ मात्र हुन्छ : पूर्ब मन्त्री बलदेव



प्रयास पोख्रेल कपिलवस्तु ८ आश्विन
सरकारले सिंचाइको व्यापक विस्तार र किसानलाई सहुलियतको नीति नलिएसम्म नेपाल कृषिमा आत्मनिर्भर हुने कुरा गफ मात्र हुने प्रतिनीधिसभा सदस्य चक्रपाणी खनाल बलदेवले बताउनुभएको छ । सुक्रबार कपिलवस्तुको वाणगंगा नगरपालिका वडा न। १ जितपुरमा रहेको लुम्विनी कृषी कम्पनी प्रालीको कोल्डस्टोर उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाले देशलाई चाहिने खाद्यान्न, तरकारी, फलफूल, दलहन, तेलहन, माछा–मासु, दूध आदि देशमै उत्पादन हुनसके र विदेशी मुद्रा खर्चेर आयात गर्नु नपरे मात्रै पनि वर्षको तीन खर्ब जतिको आयात कम गर्न सकिने बताउनुभयो । यसले विदेशी मुद्राको सञ्चितिमा परेका दबाव कम हुने व्यापार घाटा पनी कम हुने र देशमा रोजगारी सिर्जना हुने पनी उहाँले बिस्वास व्यक्त गर्नुभयो ।
त्यस्तै सोही कार्यक्रममा बोल्दै लुम्विनी प्रदेशका सार्बजानिक लेखा समितीका संयोजक बिष्णु पन्थिले कृषि उत्पादन आपूर्ति गर्ने बजारमा ‘सेटअप’ बनिसकेको र त्यो माथि धावा बोल्न राज्य तयार हुनुपर्ने बताउनुभयो । साथै उहाँले कृषिमा उत्पादन बढाउने भनेर मात्रै कुनै किसानले घाटाको व्यापार गर्न नसक्ने समेत बताउनुभयो । विदेशबाट सहजै वस्तु आपूर्ति हुन छाडेपछि शहर बजारमा आपूर्ति गर्ने व्यवसायी यहाँका उत्पादकको सम्पर्कमा आउन थाल्ने समेत उहाँले बताउनुभयो ।
वाणगंगा नगरपालिकाकी उपप्रमुख रिता कुमारी चौधरीले सुरुमा अलिकति महँगो परे पनि उत्पादन बढेसँगै वस्तु सस्तो हुने क्रम सुरु हुने क्रम बढ्ने भएकाले कोल्डस्टोरले ठुलो सहयोग गर्ने बिस्वास व्यक्त गर्नुभयो । यसबाट उत्पादक र उपभोक्ता दुवैलाई फाइदा हुने र देशको उत्पादन बजारसँग जोडिने भएपछी बजार र उपभोक्ताले स्वदेशी उत्पादन पाउन थाल्ने उहाँले बताउनुभयो ।
कपिलवस्तु जिल्ला टमाटर तथा आलु उत्पादनका लागि प्रसिद्ध क्षेत्र भएकोले कोल्डस्टोर सञ्चालनमा आएपछि किसानहरुलाई सहज हुने सञ्चालक ध्रुबचन्द्र थारुले बताउनुभयो । विशेष गरेर आलु र टमाटरका लागि पकेट क्षेत्र मानिएको यो क्षेत्रका किसानहरुले सहुलियत मूल्यमा भण्डारण गर्न सक्ने बताइएको छ।
उद्घाटन कार्यक्रममा बाणगंगा नगरपालिकाका प्रमुख चक्रपाणी अर्याल, नेकपा माओबादीका केन्द्रिय सदस्य कमल चुँदाली, वाणगंगा नगरपालिका कृषी साखा प्रमुख लेस बहादुर केसी, कपिलवस्तु उधोग वाणिज्य संघका सचिव खिमानन्द पौडेल कोपील लगायतको आतिथ्यता रहेको थियो । व्यापार होइन हामी सेवा गर्छौ भन्ने उद्धेश्यका साथ सञ्चालनमा आएको कोल्डस्टोर उद्घाटन कार्यक्रममा लुम्विनी कृषी कम्पनी प्रालीका सञ्चालक ध्रुबचन्द्र थारुको अध्यक्षता रहेको कार्यक्रमको सञ्चालन सोमनाथ अर्यालले गर्नुभएको थियो ।

प्रकाशित : ८ आश्विन २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६