खोज–अनुसन्धान

सहजै उपलब्ध सरल नेता बलरामको उत्तरी क्षेत्र उर्वर,दक्षिणी क्षेत्र उत्साही




कपिलवस्तु १७ कार्तिक ।यतिबेला घरदैलोमा पुगेका उम्मेदवारले मतदातावाट वारम्वार सुन्ने गुनासो वा प्रतिकृया हो चुनाव जितेर कहाँ हराउनु भयो र बल्ल मुख देखाउनु भयो ? तर यो प्रश्न एकपटक संविधान सभाको चुनाव जितेर संविधान बनाएका बलराम अधिकारीले यसपाली झेल्नु परेन । उहालाई जनताले सधैभरी सहजै घरदैलोमा उपलब्ध शुलभ नेताका रुपमा ग्रहण गरेका छन् । जित सुनिश्चित तर जितेपछि यसो गर्नु होला उसो गर्नु होला भन्नेमै मतदाता लागेका छन् । १५ बर्षसम्म एमालेको कपिलवस्तु प्रमुख भएर पार्टीकाम गरेका त्यसपछि पनि कहिल्यै क्षेत्र जिल्ला र क्षेत्र भन्दा वाहिरको कार्यक्षेत्र वा ब्यस्तता नवनाएका बलरामलाई यसपाली प्रतिस्पर्धामा खासै जटिलता देखा नपरेको विष्लेष्ण हुन थालेको छ ।
बलरामको लागि उत्तरी क्षेत्र जहा बाणगंगा समेत रहेको छ त्यो निकै राजनैतिक उर्वर भूमीको रुपमा देखा परेकोछ । जहा अधिकारीलाई टक्कर दिनेगरी अर्काे उम्मेदवारले मत पाउने संभावना न्यून छ । दक्षिणी क्षेत्र यसपाली निकै उत्साहीत छ । ठूलो संख्यामा मधृसी नेता एमालेमा प्रबेश गर्नु र स्वयम मधेसी जनताले सधैव घरदैलोमा भेट्दै आएका सर्ब शुलम नेतालाई उम्मेदवारका रुपमा पाउनुले दक्षिणी भेग निकै उत्साहित देखिएको हो ।दक्षिणको उत्साह अहिलेकै अवस्थामा कायम रहेमा ठूलो मतान्तरमा बलरामले चुनाव जित्ने चाकरचौडामा मदिरा ब्यवसाय गर्ने मुकेश अग्रहरीले बताउनु भयो । सिमाक्षेत्र विकास कार्यक्रम एमालेले शुरु गरेकैले हामी चाकरचौडामा ब्यापार गर्ने हैसियतमा पुग्यौं त्यसैले यसपाली भोट सूर्यलाई एक मासु पसल संचालन गर्ने पिंकु लोधले भने ।

प्रकाशित : १७ कार्तिक २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६