ब्रेकिंग न्युज

डेढ दशकको यात्रा तय गर्दै कपिलवस्तु ज्ञानज्योति शिक्षा सदन



कुलराज भुसाल,

कपिलवस्तु १४ मङ्सिर

कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ६ मा अवस्थित कपिलवस्तु ज्ञानज्योति शिक्षा सदनले डेढ दशकको यात्रा तय गरेको छ । वि.स. २०६५ सालमा स्थापित यस विद्यालयले बुधबार आफ्नो १४ औं वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य समारोहका बीच सम्पन्न गरेको छ । समारोहलाई सम्बोधन गर्दै बाणगंगा नगरपालिकाकी उपप्रमुख रिता कुमारी चौधरीले स्थापनाको छोटो समयमा नै विद्यालयले जिल्लामै सर्वोत्कृष्ट नतिजा दिन सफल भएको बताउनुभयो । ‘विद्यालयले थोरै समयमा पनि धेरै प्रगति गरेको छ ।’ उपप्रमुख चौधरीले भन्नुभयो, ‘शिक्षकको लगाव, विद्यार्थीको मेहनत र अभिभावकको सहयोगको कारण यो विद्यालय जिल्लाकै नमुना विद्यालयको रुपमा स्थापित हुन सफल भएको छ ।’ विद्यालयले औपचारिक शिक्षासंगै स्थानीय लोक संस्कृतिको संरक्षण, सम्वद्र्धन र हस्तान्तरणमा समेत महत्वपूर्ण टेवा दिएको भन्दै चौधरीले विद्यालयलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

उहाँले विद्यालयलाई स्थानीय आवश्यकता अनुरुपको प्राविधिक तथा व्यवसायिक धारको शिक्षा समेत सुरुवात गर्न सुझाव दिनुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै बाणगंगा नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष करुण टण्डनले विद्यालयले गुणस्तरिय शिक्षा प्रदान गर्दै उत्कृष्ट विद्यार्थीहरु उत्पादन गरेर राष्ट्रलाई नै महत्वपूर्ण योगदान दिएको बताउनुभयो । वडाध्यक्ष टण्डनले विद्यार्थीहरुलाई उनिहरुको रुची, अन्तर इच्छा र क्षमता अनुसार नै सिक्ने अवसर दिनुपर्नेमा जोड दिनुभयो । टण्डनले नगरका भित्रका विद्यालयहरुले विद्यार्थीहरुलाई प्रदान गर्ने प्रमाणपत्र र जन्मदर्तामा जन्ममिति फरक पर्दा नागरिकताको लागि सिफारिस दिन समस्या परेको बताउदै जन्ममितिमा एकरुपता ल्याउन समेत आग्रह गर्नुभयो । कार्यक्रममा अभिभावक हिमलाल बेल्बासे, पूर्व शिक्षक ओम प्रकास पौडेल, माया पाण्डे लगायतले विद्यालयलाई सफलताको शुभकामना दिनुभएको थियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक ठाकुरप्रसाद पोख्रेलले ग्रामिण भेगमा कम लगानीमै स्थापना गरेर न्यून शुल्कमा विद्यालय सञ्चालन गर्दा पनि विद्यालयले जिल्लामै विशिष्ट स्थान बनाउन सक्नु विद्यालयको ठुलो सफलता भएको बताउनुभयो । पोख्रेलले विद्यालयमा हाल ७ सय बढि विद्यार्थीहरुले अध्ययन गरिरहेको जानकारी दिनुभयो ।

कार्यक्रममा विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गराउदै लोक संस्कृतिको समेत संरक्षण गर्ने उद्देश्यले २५ वटा साँस्कृतिक नृत्यहरु प्रस्तुत गरिएको थियो । विद्यालयका हरेक कक्षाका कम्तिमा दुइवटा समूहको प्रस्तुती रहने गरी साँस्कृतिक कार्यक्रम गरिएको थियो । कार्यक्रममा केजिएसएस सिनियर डान्स आइडल सृष्टी भुसाल र जुनियर डान्स आइडल नीति भट्टराईको दमदार प्रस्तुती समेत रहेको थियो । कार्यक्रममा गत शैक्षिक सत्रमा कक्षा नर्सरीदेखि १२ सम्मका कक्षाहरुमा प्रथम, द्धितीय र तृतीय हुने विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो भने विद्यालयका पूर्व सहायक प्रधानाध्यापक कर्णबहादुर सुनार र पूर्व शिक्षक ओमप्रकास पौडेललाई सम्मान समेत गरिएको थियो । कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष युवराज पोख्रेलको अध्यक्षता, सहायक प्रधानाध्यापक रितादेवी अर्यालको स्वागत र सहायक प्रधानाध्यापक प्रकाश विकको सञ्चालनमा सम्पन्न भएको थियो ।

वि.स. २०६५ सालमा स्थापित यस विद्यालयबाट हालसम्म ११ वटा ब्याचले एसएलसी÷एसइई तथा ३ वटा व्याचले १२ कक्षा उत्तिर्ण गरेका छन् । १४ वर्षकै अन्तरालतमा जिल्लाको उत्कृष्ट विद्यालयको रुपमा स्थापित हुन सफल भएको यस विद्यालयबाट एसएलसी तथा एसइई परीक्षामा सहभागी विद्यार्थीहरु पटक पटक जिल्ला प्रथम तथा जिल्ला दास्रो हुन सफल भएका छन् । आधुनिक प्रविधियुक्त बन्दै गएको यस विद्यालयमा व्यवस्थित विज्ञान प्रयोगशाला, कम्प्युटर प्रयोगशाला, स्मार्ट टिभि, प्रोजेक्टर तथा उच्च गतिको इन्टरनेटको व्यवस्था गरिएको छ । त्यसैगरी पठनपाठन लगायतका गतिविधिको निगरानी, अनुगमन तथा सम्पत्ति सुरक्षणको लागि सिसिटिभि क्यामेरा समेत जडान गरिएको छ । जिल्लाका अन्य विद्यालय भन्दा फरक पहिचान दिने गरी अघि बढिरहेको यस विद्यालयमा सुगन्धित जडिबुटी तथा सौन्दर्यजन्य गरी करिब २ सय जातका बोट विरुवा भएको सुन्दर बगैचा निर्माण गरिएको छ । भने प्राचीन कला संस्कृति झल्काउने वस्तुहरु संग्रह गरी नमूना संग्रहालय समेत स्थापना गरिएको छ ।

प्रकाशित : १४ मंसिर २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६