खोज–अनुसन्धान

कपिलवस्तुमा कांग्रेस इतिहासकै सबैभन्दा कमजोर अवस्थामा: महामन्त्री आचार्य




कपिलवस्तु १७ पुस । बिपिको ४७ औ राष्ट्रिय मेलमिलाप दिवसमा कांग्रेस पार्टीलाई एक ढिक्का बनाउनु पर्नेमा जोड दिइएको छ । कांग्रेस कपिलवस्तद्धारा तौलिहवा स्थित पार्टी कार्यालयमा आयोजित ‘ बर्तमान राजीनिति परिपेक्षमा बिपिको मेलमिलाप नीतिको सान्दर्भिकता ’ बिषयक बिचार गोष्ठीका बक्ताहरुले सो कुरामा जोड दिएका हुन । उनीहरुले अहिलेको परिपेक्षमा समेत बिपिको मेलमिलाप नीति उत्तिर्क सान्दर्भिक रहको भन्दै बिगतका कमीकजोरीलाई बिर्सिएर पार्टीलाई एक ढिक्का बनाई मजबुत बनाउनु पर्नेमा जोड दिए ।
सो अवसरमा कपिलवस्तु क्षेत्र नरम्बर २ का सांसद तथा कांग्रेस लुम्बिनी प्रदेश महामन्त्री सुरेन्द्रराज आचार्यले बिपिको राष्ट्रिय मेलमिलाप नीति आज पनि उत्तिकै महत्वुपुर्ण रहेको बताए । उनले बिपि सो नीति देश र कांग्रेस पार्टीकालागि उत्तिकै महत्वपुर्ण रहेको बताए । उनले कांग्रेस कार्यकर्ताहरु पार्टीको अनुशासनमा नबस्दा र केन्द्रिय निर्देशन नमान्दा अहिले कांग्रेस ईतिहास मै कमजोर साबित भएको बताए । पुर्व सांसद तथा पार्टीका पुर्व केन्द्रिय सदस्य अतहर कमालले पार्टी नेता र कार्यकर्ताहरुले सुधार गरी अघि बढनु पर्ने बताए । उनले अहिलको अवस्था किन आयो त्यसको ब्यापक बहस हुनु पर्ने बताए । पुर्व सांसद अभिषेक प्रताप शाहले गुह उप गुट र अन्तरघात का कारण कपिलवस्तुमा कांग्रेस कमजोर साबित भएको बताए ।
कांग्रेस नेता तथा कपिलवस्तु क्षेत्र नम्बर २ को १ का प्रदेश सदस्य सुधाकर पाण्डेयले क्षेत्र नम्बर ३ मा एक पक्षले अर्को पक्षलाई कारबाहीको सिफारिस गरिएको प्रति ईगीत गर्दै अहिले त्यो कारबाहीको कुनै औचित्य नभएको बताए । पार्टीका पुर्व सभापति राजेश आचार्यले बिगतको कमीकजारी हटाएर अघि बढनु पर्ने भन्दै बर्तमान गठबन्धनको सरकार धैरै दिन नटिक्ने दाबी गरे । राष्ट्रियतार र राष्ट्रिय एकताकादलागि बिपि कोईराला ८ बर्षे लामो निर्वासित जीवनलाई छाडेर २०३३ पुस १६ गते स्वदेश फर्किएका थिए । यही दिनलाई रराष्ट्रिय मेलमिलाप दिवसकारुपमा मनाई आएको छ ।

प्रकाशित : १७ पुस २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६