कपिलवस्तु १९ पुस ।महत्वपुर्ण ऐतिहासिक पुरातात्विक स्थल गोटिहवामा ऐन विपरित पक्की संरचना निर्माण गरिएकोछ । पुरातत्व बिभागको स्किृति बिना कपिलवस्तु नगरपालिका वार्ड नं. ५ स्थित गोटिहवामा पर्ने बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र गोटिहवामा पुरातात्विक स्थल संरक्षण गर्ने निकाय लुम्बिनी विकास कोषले भौतिक संरचना निर्माण थालेको हो ।कोषले गोहिटवा स्थित अशोक स्तम्भको पुर्व पट्टी स्थायी संरचना पक्की शौचालय निर्माण कार्य अघि बढाएको हो । ढेड सात अघि देखि २ देखि संरचना निर्माण भईरहेको छ । शौचालयकालागि ठुलो खाल्टो खनेर पक्की ट्याङक निर्माण गरिएको छ र अहिले पक्की शौचालय निर्माणको काम तीब गतिमा अघि बढाइएको छ । हतार हतार गरेर डकर्मीले निर्माण गरिरहका छन् स्रोतले भन्यो कही कतै कसैले थाहा पाए निर्माण काम रोकिन्छ भन्ने डरले ।
प्राचीन स्मारक र पुरातात्विक स्थल संरक्षण गर्न बनाईएको नेपाल प्राचीन स्मारक संरक्षण ऐन २०१३ विपरत छ । पुरातत्व विभागका प्रवक्ता तथा प्रमुख पुरातत्व अधिकृत रामबहादुर क“ुबरले आफुहरुलाई गोटहीवामा निर्माण सुरु गरिएको संरचना बारे केही थाहा नभएको बताए । उनले बिभागको स्किृति बेगर पुरातात्वक क्षेत्रका कुनै स्थायी संरचना निर्माण गर्न पाईदैन । संरक्षण ऐन अनुसार पुरातात्विक क्षेत्रमा पक्की संरचना बनाउन पाईदैन ।
अधिकृत कुवरले यस बारे आफुले सोधखोज र कोषसंग सोध्ने बताए । पुरातात्विक ठा“उमा सिमेण्ट, ईट र सरिया प्रयोग गरेर संरचना बनाउनै पाईदैन् । बिभागले बुद्धसंग समबन्धित कपिलवस्तुका गोटीहवा सहीत सात प्रमुख पुरातात्व स्थलको रेखदेख र ब्यवस्थापन गर्ने जिम्मा कोषलाई दिएको छ । तर नया संरचना बनाउन अनिवार्यरुपमा बिभाग स्विकृति लिनु पर्ने कुवरले बताए ।
‘ नया“ संरचनाले पुरानोलाई ओझेलमा पार्छ ’ पुरातत्ब बिद भन्छन । यस्ले त्यस ठाउकै महत्व र गरिमालाई नै नराम्रो असर र प्रभाव पार्छ । ‘ पुरातत्वविद् र ईतिहासकारले त्यस्तो कामलाई राम्रो मान्दैनन ’ पुरातत्व बिद भन्छन ‘े मुलुककै बहुमुल्य संपदा नासिने डर हुन्छ । लुम्बिनी विकास कोषका प्रोजेक्ट म्यानेजर ईञ्जिनियर सरोज भटराईले कोषको पुरातत्व शाखाले जियोफिजिक्स सर्वे गरेर पुरातात्विक बस्तु नभएका ठाउमा शौचालय निर्माणको काम अघि बढाएको बताए । उनले कोषका पुरातत्व अधिकृत हिमाल उत्प्रतीको नेतृत्वमा गरिएको जियोफिजिक्स पछि काम अघि बढाइएको दाबी गरे ।
गोटीहवामा आउने पर्यटकलाई लक्षित गरी त्यहा शौचालय निर्माण गरिएको भट्टराईले बताए । पुरातात्विक मुल्य मान्यता अनुसार काम गर्दा सिमेण्ट, वालुवा, ईट र सरियालाई स्विकारदैन् ।संरचनाको फाउण्डेसन खन्दा कति पुरातात्विक बस्तु नास भए होलान एक पुरातत्व अधिकृतले भने फेरी संरचना बनेको ठाउमा कहिल्ले पनि उत्खनन् गर्न पाईएन् । ‘ पुरातात्विक ठाउमा संरचना बनाउदा एचआईए गर्नु पर्छ ’ उनले भने त्यो पनि गरिएको छैन् । त्यसकालागि सुचना निकालेर परामर्शदाता नियुक्त गरि काम गर्नु पर्छ ।
गोहिटवालाई क्रकुछन्द बुद्धको जन्मथलोकारुपमा मानिदै आएको छ । त्यसैको प्रमाण स्वरुप त्यहा सम्राट अशोकले ईसा पुर्व तेश्रो सताब्दीमा स्तम्भ निर्माण गरेको इतिहासमा उल्लेखित छ । प्राचिन स्मारक ऐन २०१३ अनुसार प्राचिन स्मारकलाई नष्ट गरे भत्काए, हटाए परिवर्तन गरे, अनाधिकृत काममा लगाए वा कुनै किसिमको हानी नोक्सानी पुर्याएमा ऐन अनुसार २५ हजार देखि एक लाख सम्म जरिवाना वा ५ बर्ष देखि १५ बर्ष सम्म कैद वा दुबै सजाय हुने ब्यवस्था छ ।
१९ पुस २०७९, मंगलबार
प्रतिक्रिया