अर्थ-वाणिज्य

उपलब्ध यूवाश्रमलाई उत्पादनसंग जोड्न नसक्दा समृद्धीको मार्ग अबरुद्ध




भगवती न्यौपाने
कपिलवस्तु २१ पुस । देश भित्र उपलब्ध यूवाको श्रमलाई उत्पादनसंग जोड्न नसक्दा नेपाल समृद्धीको बाटोमा अघि बढ्न नसकेको प्रतिनिधि सभा सदस्य बलराम अधिकारीले बताउनु भएको छ । सामुदायिक अपाङ्गता बचत तथा त्रण सहकारी संस्था लि. बाणागंगा नगरपालिका ४ गजेहडा,कपिलवस्तुको २१औं वार्षिक साधारण सभा तथा ५औ अधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।आत्मनिर्भर बनाउन र आर्थिक सामाजिक उन्नति गर्न सहकारीहरुको ठुलो भुमिका रहने उहाँले बताउनुभयो । राज्यको तीन खम्बे नीति अन्तर्गत सहकारी पनि पर्ने बताउदै राज्यबाट हुने सहयोगमा पहल गर्ने प्रतिनिधि सभा सदस्य अधिकारको भनाई छ ।


प्रदेश सभा सदस्य सांसद विष्णु पन्थीले सहकारीमा जम्मा भएको पुजीलाई उत्पादनसँग जोडेर रोजगारीको सृजना गर्ने काम अवको सरकारको प्राथमिकतामा पर्ने बताउनु भयो । देश आज पनि आत्मनिरर्भर हुन नसकेको बताउदै यसलाई चिर्न सहकारीको भुमिका महत्वपूर्ण हुने उहाँले बताउनु भयो ।वाणगंगा नगरपालिकाका उप प्रमुख रिताकुमारी थारुले सहकारी भनेकै सहकार्य रहेको बताउदै बचत गरेको पुजि उचित ठाउँमा लगाउनु पर्ने बताउनु भयो ।
कार्यक्रममा संस्थाका पुर्व अध्यक्ष मित्रलाल शर्मा,कपिलवस्तु नागरिक समाजका अध्यक्ष दोलखबहादुर पछाईले बोल्दै सहकारी मार्फत युवाहरुमा रोजगार ,आत्मनिर्भर बनाउन सकिने बताउदै सहकारीले नेतृत्व गर्नु पर्ने तर्क गर्नु भयो । वार्षिक प्रगति प्रतिवेदन सचिव श्यामलाल खनाल ,आर्थिक प्रतिवेदन कोषाध्यक्ष मञ्जु चौधरी,लेखा प्रतिवेदन लेखा संयोजक मित्रलाल शर्मा र प्रस्तावित नीति तथा कार्यक्रम अध्यक्ष हेमनाथ ज्ञवालीले प्रस्तुत गर्नु भएको थियो ।हेमनाथ ज्ञावलीको अध्यक्षता,उपाध्यक्ष सरस्वती गौतमको स्वागत मन्तव्यमा भएको कार्यक्रमको सञ्चालन सचिव श्यामलाल खनालले गर्नु भएको थियो ।

प्रकाशित : २० पुस २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६