भगवती न्यौपाने
कपिलवस्तु २५ माघ। ८ सय हेक्टर खेतियोग्य जमिन सिंचाई गर्ने उदेश्यले बाणगंगा नदिमा निर्माणधिन बाँधको आज एक कार्यक्रमका विच उद्घाटन गरिएको छ । बाणगंगा ५ र ६ सिंचित हुने उदेश्यले करिव २०७३ सालमा सम्झौता भई काम अगाडी बढ्ेको सिचाई योजना पुरा भएपछी प्रदेश सांसद विष्णु पंन्थीले उद्घाटन गर्नु भएको हो । कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद पंन्थीले मन्तव्य व्यक्त गर्दै धेरै सरकारी आयोजनाहरु स्थानियको संरक्षण नहुदाँ अलपत्र परेको भन्दै यसको द्धिर्घकालिन विकास र प्रयोगका लागि चुरे क्षेत्रमा बाध बान्ने र वर्षातमा पानी जम्मा गर्ने हिउद सम्म सिंचाई गर्ने योजना प्रदेश सरकारको भएको हुदाँ त्यो आयोजना भएमा सिंचाईका साथै खानेपानी को समस्या समेत समाधान हुने बताउनु भयो । ।संविधान सभा सांसद विश्राम प्रसाद थारुले बाध निर्माणले किसानलाई राहत पुगेको भएतापनी बजेट अभावले पुर्णता नपाएको भन्दै आगामी दिनमा नहरको काम र अधुरा योजना पुरा गर्दै जानुपर्नेमा जोड दिनु भयो ।
यस्ता कार्यक्रमले कृषि उत्पादनमा टेवा पुग्ने उहाँले बताउदै नदिजन्य चोरी नियन्त्रणका लागि सबैले चासो हुनुपर्ने धारणा व्यक्त गरेका थिए । बाणगंगा नगर प्रमुख चक्रपाणी अर्यालले नगरबाट पुर्वाधारका काम धेरै भएपनी सिंचाई आयोजना कम भएको भन्दै यो सिंचाई आयोजना नगरमा नगरले समेत चासो व्यक्त गरेको बताए ।सिंचाई समितिका अध्यक्ष ससि सापकोटाले ११ करोड बढी आयोजनामा खर्च भई नहर र बाध निर्माण कार्य सम्पन्न हुदाँ ५ सय १२ घरधुरीका किसान प्रत्यक्ष लाभान्वित भएको तर चोरीको समस्याले बाधमा क्षेती पुग्ने चिन्तामा किसानहरु रहेको बताउनु भयो । यता योजनाको बारेमा डिभिजन प्रमुख पुरुसोतम उपाध्यले बताउनु भएको थियो ।
पुर्व पश्चिम राजमार्गको बाणगंगा पुलदेखि करिव १ किलोमिटर तल बाणगंगा नदि बाँध क्षेत्र मै आयोजना गरिएको कार्यक्रममा किसानहरुले नदि जन्य पदार्थको व्यापक चोरीका कारण बाध बनेपनी मनदेखि नै खुसि हुने अवस्था नरहेको बताएका छन् ।बाणगंगा ६ का पुर्व वडा सदस्य वेचु थारुले भने २० वर्षदेखि स्याउलाले बाँध बन्दै कुलो बनाउदै सिंचाई गरि खेति गर्दै आएका हामी बाध त पक्कि बन्यो उहिले बाढीको डर अहिले खोला चोरको यो नियन्त्रण गर्न सांसद र नगर प्रमुखलाई माग गरेका गर्नु भएको छ । उक्त कार्यक्रममा वडा नम्बर ५ का वडा अध्यक्ष दुनिका प्रसाद भुषाल, वडा नम्बर ६का करुण टण्डन, पुर्व वडा अध्यक्ष भिषमराज भुषाल,सुकदेव थारु,इन्जिनियर,लेखा समिति,उपभोक्ता लगायत पत्रकारको उपस्थिति रहेको थियो । सिंचाई समितिका अध्यक्ष ससि सापकोटाको अध्यक्षता,उपाध्यक्ष भगवती थारुको स्वागत मन्तव्यमा भएको कार्यक्रमबको सञ्चालन खडक बहादुर थापाले गर्नु भएको थियो ।
२५ माघ २०७९, बुधबार
प्रतिक्रिया