पार्वती पाण्डे
कपिलवस्तु २९ माघ । जातिय तथा सामाजिक छुवाछुतका विरुद्ध धेरै कानुन बनेपनि प्रभावकारी कार्यान्वयनको अभावमा समाजमा छुवाछुत तथा विभेद कायमै रहेको गुनासो एक कार्यक्रमका सहभागिले गरेका छन् । उनीहरुले यो विभेद बिरुद्ध ३ तहका सरकारको उच्च समन्वय हुनु पर्ने वताएका हुन् ।सामाजिक छुवाछुत विरुद्ध सबै सरोकारवाला एक जुट हुनुपर्ने एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय लुम्बिनी प्रदेशको आयोजना तथा बाणगंगा नगरपालिकाको समन्वयमा सम्पन्न छुवाछुत जस्ता सामाजिक विभेद विरुद्धको अन्तरक्रिया कार्यक्रममा बोल्दै यस्तो बताएका हुन ।
सो कार्यक्रममा मन्त्रालयका सचिव दिपक राज नेपालले छुवाछुत र विभेदको विरुद्धमा प्रदेश सरकारको निती तथा कार्यक्रम गर्दै छुवाछुत र विभेदका विरुद्ध कानुन बनेको ५९ बर्ष पुरा हुंदा पनि सामाजिक विभेद समाजमा कायमै रहेको उल्लेख गर्नुभएको थियो । बाणगंगा नगरपालिकाका नगरप्रमुख चक्रपाणी अर्यालले नगरपालिका जातिय छुवाछुत अन्त्यका लागि प्रतिबद्ध रहेको बताउनुभयो । उहाले २२ औ शताब्दीमा पनि जातिय, धार्मिक, सामाजिक रुपमा विभेद कायमै रहनु दुखद कुरा भएको औल्याउनुभयो । उहाले छुवाछुत र विभेदको मारमा सबैभन्दा बढि गरिब , दलित, विपन्न, पिछडा बर्ग, एकल महिला परेको बताउनुभएको थियो ।
कार्यक्रममा मन्त्रालयका प्रदेश महाशाखा प्रमुख शारदा बस्यालले आत्महत्याका घटना बढ्दै जानुको मुख्य कारण मध्येको एक कारण छुवाछुत र विभेद रहेको औल्याउनुभयो । यस्तै दलित सामाजिक विकास केन्द्रका रामशरन रैदास कार्यपत्र प्रस्तुत गर्दै सामाजिक विकासलाई मुल प्रवाहीकरणमा ल्याउदै विभेदलाई अन्त्य गर्नुपर्नेमा जोड दिनुभएको थियो । कार्यक्रममा नगर उप्रमुख रिता कुमारी थारु, प्रमुख प्रशासकिय अधिकृत खिमानन्द भुषाल, वडा अध्यक्ष, कार्यपालिका सदस्य , नागरिक अगुवा लगाएतले बोल्नुभएको थियो ।
प्रतिक्रिया