अर्थ-वाणिज्य

लुम्विनीका १२ वटै जिल्लामा मजवुद सुरक्षा प्रबन्ध मिलाउन मुख्यमन्त्रीको निर्देशन




रुपन्देही ३ फागुन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले प्रदेशको शान्ति सुरक्षाको स्थिति सुधार्न सुरक्षा संयन्त्रलाई निर्देशन दिएका छन् ।प्रदेश सुरक्षा समितिको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री गिरीले भने, ‘प्रदेशको शान्ति सुरक्षाको अवस्था खलबलिनु हुँदैन । यसतर्फ यहाँहरु चनाखो हुनुपर्दछ । नागरिकलाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाउने राज्यको दायित्व हो । यो कुरा हामीले भुल्नु हुँदैन ।’
प्रदेशका केही जिल्लाहरुको शान्ति सुरक्षाको अवस्था कमजोर रहेको भन्दै मुख्यमन्त्री गिरीले यसतर्फ निगरानी बढाउन सुरक्षा संयन्त्रले निगरानी बढाउनुपर्ने बताए । ‘प्रदेशका बाँके, बर्दिया, कपिलवस्तुलगायत भारतीयसँग सीमा जोडिएका जिल्लाको सुरक्षा अवस्था कमजोर रहेको जनगुनासा आइरहेका छन् । यी जिल्लाहरुमा निगरानी बढाउनुपर्दछ’, मुख्यमन्त्री गिरीले भने, ‘शान्ति सुरक्षाको अवस्था कमजोर रहेका जिल्लामा विशेष अभियान चलाउनुपर्दछ । यसका लागि प्रदेश सरकारले यहाँहरुलाई सबैखालका सहयोग गर्छ ।’
प्रदेशमा क्यासिनो संस्कृतिले बिकृति फैलाइरहेको जनगुनासो आइरहेको बताउँदै मुख्यमन्त्री गिरीले भने, ‘बाँकेलगायतका जिल्लामा क्यासिनो संस्कृति भित्रिएको र यसले बिकृति फैलाइरहेको चौतर्फि गुनासा आइरहेका छन् । यसको रोकथामका लागि निर्माण भएको कानुनको कार्यान्वयन गर्नुहोला र यसलाई रोक्न सकिएन भने ठूलो बिकृति मौलाउँछ ।’खानेपानी, ग्रामीण तथा शहरी विकास मन्त्री चेतनारायण आचार्यले सामाजिक सद्भाव खलबलिने घटना रोकथाम गर्नतर्फ सुरक्षा संयन्त्र लाग्नुपर्ने बताए ।
‘समय समयमा सामाजिक सद्भाव खलबल्याउने खालका घटनाहरु घटिरहेका छन् । जसले समाजलाई विखण्डनाको बाटोतर्फ लैजान्छ । यसलाई रोक्न सुरक्षा निकायले आफ्नो भूमिका बढाउनुपर्दछ’, मन्त्री आचार्यले भने, ‘समाजमा दण्डहीनताका घटनाकाम साथै आत्महत्याका घटनाहरुमा पनि बृद्धि भइरहेको छ । यसको रोकथामका लागि प्रहरीले विशेष अभियान थाल्नुपर्दछ ।’नेपाल प्रहरीका डीआईजी टेकप्रसाद राईले सीमावर्ती क्षेत्रमा डकैती बढ्दै गइरहेको बताए । बाँके, बर्दिया, कपिलवस्तुलगायतका सीमावर्ती क्षेत्रमा गुण्डागर्दी, लागुऔषध ओसारपसार, चेलिबेटी बेचबिखनलगायतका घटना घटिरहेको भन्दै यसको रोकथामका लागि प्रहरीले विशेष अभियान सञ्चालन गर्न लागेको जानकारी दिए ।
‘सीमावर्ती जिल्लामा नेपाल प्रहरीले विशेष अभियान सञ्चालन गर्दै छ । यही फागुन ४ गतेदेखि थालिने विशेष अभियानले जनतामा शान्ति सुरक्षा प्रदान गर्नेछ’, डिआईजी राईले भने , ‘स्रोतसाधनको अभावमा पनि नेपाल प्रहरीले जनतालाई सुरक्षा प्रदान गरिहेको छ ।’ बैठकमा नेपाली सेनाका मध्यपश्चिम पृतनाका उपरथी नवराज गुरुङलगायतले धारणा राखेका थिए ।

प्रकाशित : ३ फाल्गुन २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६