दाङ ३ फागुन । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले देशको आर्थिक समृद्धीको पहिलो पाइला लघु र घरेलु उद्योगको प्रबद्र्धन रहेको वताएकीछन् । उनले राजनीति र निर्वाचनमा प्रतिस्पर्धा भए पनि मुलुकको विकासमा भने सहकार्य गर्नुपर्ने बताएकी छन् । नेपाल साना तथा घरेलु उद्योग महासङ्घ दाङले आयोजना गरेको लुम्बिनीस्तरीय कृषि प्रदर्शनी तथा औद्योगिक महोत्सवको उद्घाटन गर्दै मन्त्री शर्माले यस्तो बताएकी हुन् ।मन्त्री शर्माले समृद्ध मुलुकको परिकल्पना पुरा गर्नका लागि सरकारले मात्रै सम्भव नरहेकाले मुलुकको समृद्धि विकासका लागि समान सहभागिताको अपरिहार्य रहेको बताएकी थिइन् । उनले मुलुक जिम्मेवारी जनप्रतिनिधिहरूको दायित्व रहे पनि उक्त जिम्मेवारी पुरा गर्नका लागि सबै साथ र सहकार्य आवश्यक रहेको उनको भनाई थियो ।
उक्त अवसरमा मन्त्री शर्माले नेपाल कृषि प्रधान राष्ट्र रहेकाले कृषिमा आत्मनिर्भरताको परिकल्पना र लक्ष्य सरकारले तय गरे पनि कृषि क्षेत्रको विकास र प्रवर्द्धनका लागि आवश्यक योजना कार्यान्वयनको पाट छुट्टै गइरहेकाले मुलुकको समृद्धि विकास लागि प्रमुख आधार कृषि र कृषिजन्य स्थानीय उत्पादन प्रवर्द्धन गर्न आवश्यक रहेको उनले बताइन् ।उनले भनिन् –‘ मुलुकको समृद्धिको आधार कृषि , कृषि क्षेत्रको लगानी र विकास भने न्यून छ । कृषि प्रधान देश आयातित कृषि उपजमा निर्भर छ । ’ जसले मुलुकको अर्थतन्त्रलाई समेत प्रभावित पारेको उनको भनाई थियो । महासङ्घका अध्यक्ष प्रदीप मजगैयाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । उक्त कृषि प्रदर्शनी तथा औद्योगिक महोत्सवमा स्थानीय कृषि उपजका स्टलदेखि स्थानीय घरेलु उत्पादनका वस्तुहरू प्रदर्शनीका लागि राखिएको छ ।
३ फाल्गुन २०७९, बुधबार
प्रतिक्रिया