अर्थ-वाणिज्य

लुम्बिनी प्रदेशमा बर्गिय हितमा कानुन निर्माण गर्छाै : सभामुख घर्ति




भैरहवा ८ फागुन । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले निम्न वर्गको हितमा रहेर कानुन बनाउने प्रतिवद्वता जनाउनु भएको छ । विकास माग्नुभन्दा देशलाई चाहिनेखालको कानुन माग्न समेत उहाँले आग्रह गर्नुभयो । खुद्रा किराना व्यवसायी संघ रुपन्देहीको आइतबार बुटवलमा १६ औं वार्षिक साधारणसभाको उद्घाटन सभामा उहाँले देशमा नीति नहुँदा थिति नबसेको बताउनुभयो । साना व्यवसायीलाई संरक्षण गर्नेगरी स्थानीय तहले ऐन बनाउनु पर्नेमा उहाँले जोड दिनुभयो ।
बुटवल उपहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले व्यवसाय सञ्चालन गर्दा घरधनी र व्यवसायीवीच भएको सम्झौताबारेको यथार्थ सूचना बाहिर नआउँदा समस्या भएको बताउनुभयो । खुल्ला सीमानाले साना व्यवसायी प्रत्यक्ष मारमा परेको खुद्रा किराना व्यवसायी संघका सल्लाहाकार कृष्णप्रसाद पाण्डेले बताउनुभयो । कार्यक्रममा संघका अध्यक्ष मोहनप्रसाद बस्याल, महासचिव गोपाल प्रधान, नेकपा (माओवादी केन्द्र) का नेता हकिकुल्ला खां, एमालेका खेम लुइटेल, बुटवल उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्जवल कसजु लगायतले धारणा राख्नुभयो ।

प्रकाशित : ८ फाल्गुन २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६