खोज–अनुसन्धान

कम्युनिष्ट विच एकता अहिलेको प्रमुख आवश्यकता : नेपाल




ओमप्रकाश गुप्ता
भालुवाङ ९ फागुन
नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपालमा कम्युनिष्ट पार्टी एकताको विकल्प नभएको बताएका छन् ।नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादी पार्टी लुम्बिनी प्रदेश कमिटिको पाँचौ पूर्ण बैठकको उद्घाटन-सत्र लाई आज सोमवार दाङको राप्ती गाउँपालिका ३ मसुरीयामा सम्बोधन गर्दै सो कुरा बताएका हुन् । पूर्व प्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष नेपालले २०७४ सालको निर्वाचनमा दुई तिहाई भन्दा बढी मत दिएर ठुलो पार्टी बनाएको स्मरण गर्दै नेपालमा कम्युनिष्ट पार्टीहरु बीच एकता हुन जरुरी रहेको बताए ।
उनले नेपाली जनताले कम्युनिष्टहरु बीचको एकता भएको हेर्न चाहेकोले नेपालमा कम्युनिष्ट पार्टीहरुको भविष्य राम्रो रहेको ठोकुवा गरेअध्यक्ष नेपालले कम्युनिष्टहरुको एकताले नै देशलाई सहि दिशा तर्फ डो¥याउने बताउँदै मुलकको विकास र सम्वृद्धिका लागि सम्पुर्ण कम्युनिष्ट पार्टीहरु एक ठाउँमा उभिनु पर्नेमा जोड दिनुभयो । उनले कम्युनिष्ट पार्टी एकताका लागि आफु र आफ्नो पार्टीले महत्वपुर्ण भुमिका निर्वाह गर्ने बताए ।
यसैबीच राप्ती गाउँपालिकामा नेपाली कांग्रेस पार्टी परित्याग गरी लक्ष्मी गिरी र प्युठान तरुण दलका सभापती सहित २ जना एकिकृत समाजवादीमा प्रवेश गरेका छन् । पार्टी अध्यक्ष माधवकुमार नेपालले दुवै जनालाई टिका माला लगाएर पार्टी प्रवेश गराएका हुन् ।पार्टीका लुम्बिनी प्रदेश कमिटि अध्यक्ष सोमप्रसाद पाण्डेको अध्यक्षतामा भएको बैठकमा उपसचिव हरिप्रसाद घर्तीको स्वागत मन्तव्य व्यक्त गरेका थिए भने बैठकको सहजीकरण पार्टीका लुम्बिनी प्रदेश कमिटिका सचिव राजु गुरुङले गरेका थिए ।

प्रकाशित : ९ फाल्गुन २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६