कपिलवस्तु १० फागुन ।कपिलवस्तुका उद्योगी ब्यावसायीले बैक र सहकारीको ऋणको तनाववाट धमाधम मृत्यू रोज्न वाध्य उद्योगी ब्यवासायीको जीवन रक्षाका लागि लुम्विनी प्रदेश सरकारका मन्त्री समक्ष अपिल गरेका छन् । उनीहरुले कपिलवस्तुका एक मन्त्रीलाई स्वागत सम्मान गर्दै जीवन रक्षाको पहल गरिदिन अपिल गरेका हुन् । जस अनुसार उद्योग ब्यापारसंघ कपिलवस्तु ले लुम्बिनी प्रदेश सरकारको स्वास्थ्य मन्त्री बिष्नु पन्थीलाई संघको आफ्नै कार्यलयमा आयोजित एक समारोहमा स्वागत तथा सम्मान कार्यक्रम गरेको छ ।
संघका अध्यक्ष खिमानन्द पौडेल “ कोपिल “ को अध्यक्षता महासचिव बासुदेब खनाल को संचालनमा भएको स्वागत तथा सम्मान कार्यक्रममा निबर्तमान अध्यक्ष एबम नेपाल उद्योग ब्यापार महासङ्घका केन्द्रिय सदस्य हुमनाथ पौडेलले स्वागत गर्नु मन्त भएको थियो े । उद्योग ब्यापारसंघ कपिलवस्तुका संरक्षक तथा नेपाल उद्योग ब्यापार महासंघका केन्द्रिय सचिबालय सदस्य टोपनाराय बेल्बासेले समग्र आर्थिक अबस्था, सामाजिक मनोबिज्ञान बुझेका माननीय बिष्णु पन्थी मन्त्रीको रुपमा देख्न पाउँदा केही हुन्छ तथा गर्न सकिन्छ भन्ने आसा पलाएको वताउनु भयो ।उहाले समग्र उद्योगी ब्याबसायीले बर्तमानमा भोग्नु परेका समस्याहरु समाधान गर्न आबस्यक पहल हुनेछ भन्ने बिस्वास ब्यक्त गर्नु भयो
उद्योग ब्यापार संघ कपिलवस्तुले गरेको स्वागत तथा संमानले आफुलाइ थप जिम्मेवार बनाएको उल्लेख गर्दै स्वास्थ्य मन्त्री पन्थीले अगाडि भन्नू भयो , आफू सदैब यहि क्षेत्रको बिकासको लागि लागिरहेको छु । उहाले भन्नु भयो अब एउटा गरेर देखाउने ठाउमा पुगेको अबस्थामा समग्र कपिलवस्तु कै लागि महत्व बोक्ने गौरवका आयोजनामा आफ्नो ध्यान केन्द्रित हुने बताउनुभयो ।संघका अध्यक्ष खिमानन्द पौडेल हरेक सामाजिक कृयाकलापका लागि सबैसंग सहकार्य गर्दै अगाडी बढ्ने बताउनुभयो ।
१० फाल्गुन २०७९, बुधबार
प्रतिक्रिया