कपिलवस्तु १० फागुन ।लुम्बिनी विकास कोषले कपिलवस्तु नगरपालिका अन्तर्गत पर्ने ऐतिहासिक, पूरातात्विक बौद्ध सम्पदा सगरहवा तालको ऐतिहासिक, सांस्कृतिक, दार्शनिक, सामाजिक, सन्देश स्पष्ट झल्कने गरी मूर्ति निर्माण गर्न कपिलवस्तु मूर्तिकला कार्यशाला, २०७९ को विज्ञ समिति गठन गरेको छ । विज्ञ समितिमा अध्यक्ष पोम नारायण पौडेल र सदस्यहरुमा सदस्यहरुमा डम्मर शर्मा, गुनाखर गैरे, चतुरभुज पाण्डे, गीता अञ्जान के. सी. डा. गिरी पन्थी, युवराज के. सी. विजय क्षेत्री, गोविन्द चौधरी, यम थापा, मनोज पौडेल नरेश के.सी. रहेका छन् ।
विज्ञ समितिको प्रथम बैठक लुम्बिनी विकास कोष, लुम्बिनीमा सम्पन्न भएको छ । सो कार्यक्रम विज्ञ समितिका अध्यक्ष पोम नारायण पौडेलको अध्यक्षता र माधव आचार्यको सञ्चालनमा सम्पन्न भएको हो । सो बैठकमा लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराज शाक्य, कोषाध्यक्ष ढुण्डिराज भट्टराई समेतको विशेष उपथ्तिि थियो । विज्ञ समितिले तालको ऐतिहासिक, दार्शनिक, सांस्कृतिक र सामाजिक सन्देश झल्कने कथा वस्तु निर्माण गर्नेछ । सोही कथावस्तुका आधरमा मूर्तिहरु निर्माण हुनेछन् । यसले पर्यटनको विकासमा महत्वपूर्ण योगदान पुग्नुका साथै तालको ऐतिहासिक, पुरातात्विक महत्वको बारेमा सामान्य व्यक्तिदेखि विज्ञसम्म ले थप ज्ञान प्राप्त गर्नेछन् ।
१० फाल्गुन २०७९, बुधबार
प्रतिक्रिया