काठमाडौं ११ फाल्गुन । यू–१९ विश्वकपको एशिया छनोटका लागि आज नेपाल र सिंगापुर भिडदै छन् । हिजो साँझ युएई पुगेको नेपाली यू(१९ टोलीले आजको पहिलो खेल सिंगापुरसँग भिडन लागेको हो ।
नेपाल क्रिकेट संघ क्यान र राष्ट्रिय खेलकुद परिषद् राखेप ले आइसिसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोट खेल्ने नेपाली क्रिकेट टोलीलाई हिजो बिदाई गरेको थियो । क्यानका अनुसार दोस्रो खेल भने २५ फ्रेबुअरी अर्थात १३ फागुनमा कुवेतसँग हुनेछ भने कुबेतसँग खेल खेलेको एकदिन पछि लगतै नेपाली यु(१९ टोलीले २७ फ्रेबुअरी अर्थात १५ फागुनमा हङकङसँग खेल्नेछ ।
२८ फ्रेबुअरी अर्थात १६ फागुनमा मलेसियासँग खेल्ने नेपाली टोलीले दुई दिन विश्राम लिएर अन्तिम खेल भने २ मार्च अर्थात १८ फागुनमा युएईसँग खेल्ने क्यानले जनाएको छ । युएई र नेपाल प्रमुख दाबेदार टोली हुन् । उक्त खेलमा बिजेता एउटा टोलीले २०२४ मा श्रीलंकामा हुने यू(१९ विश्वकप खेल्ने मौका पाउने छन ।
त्यसका लागि यू(१९ क्रिकेट टिमका प्रशिक्षक जगत टमाटाले मगलबार मात्र देव खनाललाई कप्तान चयन गरेका थिए । यस अघिका कप्तान गुल्सन झा सम्हाल्दै आएको कप्तानी यूएईमा हुने अर्को खेल आईसीसी क्रिकेट विश्वकप लिग–२को श्रृङ्खलाका लागि सिनियर टिम मै रहने भएपछि देवलाई नयाँ जिम्मेवारी दिइएको हो ।
११ फाल्गुन २०७९, बिहिबार
प्रतिक्रिया