अर्थ-वाणिज्य

राष्ट्र बैंकवाट लुम्बिनी बिकास कोषले राहत पाउने




बुटवल ११ फागुन । लुम्विनी विकास कोषले नेपाल राष्ट्रबैंकवाट राहत पाउने भएको छ । विदेशी पर्यटकबाट दानबापत संकलित विदेशी मुद्रा सटही हुने भएपछि यस्तो राहत भएको हो । राष्ट्र बैंकले सटहीका लागि प्रक्रिया थाल्न लुम्बिनी विकास कोषलाई सहमति दिएसँगै आठ वर्षदेखि सटही हुन नसकेको १ करोड १७ लाख ९५ हजार बराबरको विदेशी मुद्रा सटहीको प्रक्रियामा गएको हो।राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीसँग मुद्रा सटहीका बारेमा कुराकानी भएसँगै लामो समयदेखि सटही नभएर कागज बराबर भएका विदेशी मुद्रा सटही हुन लागेको कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराईले बताए।

‘राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी रुपन्देही आएको बेला भेटी बापतको रकम सटही नभएको कुरा राखेका थियौं, ध्यानाकर्षण पत्र पनि बुझायौं, राष्ट्र बैंकले सटही गर्ने सैद्धान्तिक सहमति दिएको छ’ कोषाध्यक्ष भट्टराईले भने।संकलित विभिन्न ३९ देशका मुद्रा सटहीका लागि एक हप्ताभित्र राष्ट्र बैंक पठाउने उनले बताए।भेटी र दानबापत जम्मा भएको विदेशी मुद्रामा सबैभन्दा धेरै म्यानमारको छ। यस्तै, श्रीलंका, मेक्सिको, इराक, ब्रुनाई, लेवनान, पेरु, युगान्डालगातका मुलुकका मुद्रा पनि छन्।

प्रकाशित : ११ फाल्गुन २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६