बुटवल,११ फागुन । प्रदेश राजधानी हुनु र नहुनुले बुटवललाई कुनै फरक नपर्ने पूर्व गृहमन्त्री वालकृष्ण खाणले वताउनु भएको छ । बुटवल उधोग बाणिजय संघ रूपन्देहीले गरेको ७० औं स्थापना दिवस समारोहमा यस्तो वताउनु भएको हो । स्थापना दिवस कार्यक्रममा बोल्दै नेपाल सरकारका पुर्व गृहमन्न्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य खांणले बुटवलको विकासमा बुटवल उधोग बाणिजय संघको भुमिका महत्पूर्ण रहेको बताउनु भएको छ ।
बुटवल आफैमा हिरा भएको भन्दै उहाले त्यस बिषयमा बुझनु र बुझाउन जरूरी रहेको बताउनु भयो । केही ठुला बडालाई बुटवलको महत्व सम्झाउन बुझाउन नसकेका कारण बिभिन्न कालखण्मा बुटवलमाथी अन्याय हुने गरेको धारणा राख्नु भयो ।नेपाल पन्रकार महासंघ रूपन्देही का अध्यक्ष रामराज प्रोखेलले बुटबल बजार आर्थिक मन्दीवाट सुनसान हुँदैगएको बताउनु भयो । मुख्य बजारका सटरहरू खाली हुनु राजधानी सर्नुको पनि कारण रहेको उनले बताए ।
११ फाल्गुन २०७९, बिहिबार
प्रतिक्रिया