काठमाडौं ११ फागुन । सत्तारूढ नेकपा माओवादीसहित तीन दलले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपति उम्मेदवारमा प्रस्ताव गर्ने भएका छन् । नेपालको नाममा राष्ट्रिय सहमति जुटाउन भोलि एमाले र कांग्रेससँग संवाद गर्ने निर्णय भएको छ ।राष्ट्रपतिका विषयमा छलफल गर्न आज बेलुकी नेकपा माओवादी केन्द्र, नेकपा एस र जसपाका शीर्ष नेताहरू वैठकमा जुटेका थिए । प्रधानमन्त्री प्रचण्डसमेत सहभागी उक्त वैठकमा नेपाललाई राष्ट्रपतिको उम्मेदवारमा प्रस्तावित गर्ने सहमति जुटेको एक नेताले बताए ।
नेपाललाई सर्वसम्मत उम्मेदवार बनाउन पहल गर्ने निर्णय पनि भएको ती नेताको भनाइ छ ।नेपाललाई राष्ट्रपति उम्मेदवार बनाउन अर्को सत्तारूढ दल एमाले पनि सकारात्मक छ । कांग्रेसले भने राष्ट्रपति आफूले पाउनुपर्ने दावी गरिरहेको छ । एमाले र माओवादी एक ठाउँमा आए राष्ट्पतिमा नेपालको दावेदारी बलियो बन्नेछ । साथै अहिलेको सत्तारूढ गठवन्धन जोगिन सक्छ ।आजको वैठकपछि निस्कदै प्रधानमन्त्री प्रचण्डले छलफल जारी रहेको र भोलि एमाले अध्यक्षसँग कुरा गर्ने बताएका थिए ।
प्रतिक्रिया