अर्थ-वाणिज्य

उपचाररत बिरामीको मृत्यु : २६ लाख क्षतिपूर्तिको आदेश




वाँके १२ फागुन । बाँके जिल्ला अदालतले नेपालगन्ज मेडिकल शिक्षण अस्पतालले एक बिरामीको उपचारमा लापरबाही गरेको ठहर गर्दै २६ लाख १० हजार क्षतिपूर्ति भराउन आदेश दिएको छ । नेपालगंज उपमहानगर –२, घरवारीटोलका मनिताल श्रेष्ठको उपचारमा अस्पतालले लापरबाही गरेका कारण बिरामी पतिको मृत्यु भएको भन्दै मृतककी श्रीमती नम्रता श्रेष्ठले ०७६ सालमा क्षतिपूर्ति मुद्दा दायर गरेकी थिइन् ।
बाँके जिल्ला अदालतमा दायर भएको क्षतिपूर्ति मुद्दामा ०७९ फागुन ११ गते सुनुवाइ गर्दै बाँके जिल्ला न्यायाधीश बिदुर कार्कीको एकल इजलासले उक्त फैसला गरेको हो । उपभोक्ता संरक्षण ऐन २०७५ कार्यान्वयनमा आएपछि बाँकेमा दर्ता भएको पहिलो मुद्दामा भएको अदालती निर्णयले उपभोक्ताको गुणस्तरीय सेवा पाउने अधिकारलाई संरक्षण गर्नुका साथै अस्पतालहरूलाई जवाफदेही बनाउन एउटा नजिर स्थापित गरेको उपभोक्ता अधिकारकर्मी समेत रहेका अधिवक्ता गौतमले बताए।जिल्ला अदालतमा पहिलोपटक गुणस्तरीय स्वास्थ्य सेवा नपाएको भन्दै अस्पताल विरुद्ध मुद्दा दर्ता गराएको यो पहिलो घटना थियो । उपभोत्ता संरक्षण ऐन २०७५मा सो व्यवस्था गरिएपछि पहिलोपटक मुद्दा दर्ता भएको थियो । क्षतिपूर्ति पाएकी नम्रताको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा असार १ गते उपचारको क्रममा पतिको मृत्यु भएको थियो ।

प्रकाशित : १२ फाल्गुन २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६