कपिलवस्तु १२ फागुन । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री विष्णु पन्थीले भने छोटो समयमा धेरै काम गरेको रेकर्ड राख्नुछ।मन्त्री पन्थीले भौतिक क्षेत्रमा बिकास भएर मात्र लुम्बिनी प्रदेश समृद्ध , सुखी जनता नहुने बताए । राजनितीक दलहरुले समेत स्वास्थ्य , खानापानी , सरसफाईका बिषयलाई पहिलो प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए । राजनितिकदलहरुले लेवी उठाउने र जनता बाट भोट माग्ने तर स्वास्थ्य सुधार नगरेमा अब खबरदारी गर्नुपर्ने दावी गरे।प्रजनन् स्वास्थ्य सम्बन्धि महिला जनप्रतिनिधी, अधिकार कर्मी तथा संचारकर्मीहरुलाई अभिमुखिकरणमा बोल्दै मन्त्री पन्थीले यस्तो बताए ।
भौतिक क्षेत्रमा बिकास भएर मात्र लुम्बिनी प्रदेश समृद्ध प्रदेश , सुखी जनता नहुने बताउदै राजनितीक दलहरुले समेत यस बिषयलाई पहिलो प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए । राजनितिकदलहरुले लेवी उठाउने र जनताबाट भोट माग्ने तर स्वास्थ्य सुधार नगरेमा अब खबरदारी गर्नुपर्ने दावी गरे ।कार्यक्रममा बाणगंगा नगरपालिकाका उपमेयर रिता कुमारी चौधरीले महिला र प्रजननको बिषयमा नगरले पहिलो प्राथमिकतामा राखेर काम गरेको बताइन । उनले तालिममा उठान भएका बिषयबस्तुहरुलाई व्यवहारमा लागूगर्नेमा जोडदिइन । नो होम डेलिभरि योजनालाई चुस्त रुपमा कार्यान्व्यनमा लगेको भन्दै नगरले निशुल्क एम्बुलेन्स, नेपाल सरकारका प्राप्त हुने निशुल्क औषधीहरुको कमी हुन नदिएको उपमेयर चौधरीले बताइन् ।
गर्भवती महिलाहरुकालागि सहज रुपमा स्वास्थ्य परिक्षण गर्नकालागि पालिकाका ११ बटै वडामा गाउ घर क्लिनिकको आफनै भवन भएकाले स्वास्थ्य क्षेत्रमा भएका कमी कमजोरीलाई औल्याउन सहभागिहरुलाई आग्रह गरिन । पालिकामा बिनियोजन हुने बजेट मध्ये स्वास्थ्यलाई क्षेत्रमा पहिलो प्राथमिकतामा राखि ६० लाख बजेट बिनियोजन गरिएको जानकारी दिइन । पालिकामा रहेको पिपरा अस्पताललाई प्रदेशकै नमुना अस्पताल बनाउने योजनाका साथ पालिका अगाडि बढेको बताइन ।मानव अधिकार समूह कपिलवस्तुका अध्यक्ष पुष्पा रेग्मी, जिल्ला समन्वय समितीका सदस्य सुमित्रा परियार, मानव अधिकार युवामञ्का अध्यक्ष ईन्दिरा पन्त लगायतले प्रजनन् स्वास्थ्य सम्बन्धि कार्यक्रम पहिलो पटक सुनेको गुनासो गरे ।
कार्यक्रममा स्वस्थ्य मन्त्रालयका नर्सिङ्ग निरीक्षक सुनिता ज्ञवालीले सुरक्षित मातृत्व र प्रजनन् स्वास्थ्य अधिकार सम्बन्धि र लुम्बिनी प्रदेशको अवस्थाका बारेमा प्रतुतीकरण गरेकी थिइन । विभेदका कारण प्रजनन् स्वास्थ्यमा समस्या, मातृ मृत्युदर, गर्भनिरोधक दर र कार्यदिशा लगायतका बिषयमा जानकारी गराएकी थिइन ।यस्तै सञ्चारिका समुह लुम्बिनी प्रदेशका अध्यक्ष अमृता अनमोलले महिलाको हक, महिला अधिकार रुपमा सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ र पत्रकार तथा सञ्चारकर्मीको भूमिका, प्रजनन् स्वास्थ्य सम्बन्धि महिला संचारकर्मीहरुको भूमीका लगायतको बिषयमा सहजीकरण गरेकी थिइन ।
लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयका उपसचिव महेश पाण्डेको अध्यक्षता, मन्त्रालयका प्रवक्ता तथा महासचिव पुष्पराज पौडेलको स्वागत मन्तव्य तथा संचारिका समूह लुम्बिनी प्रदेशका सचिव माया केसीको संचालन रहेको कार्यक्रममा जनप्रतिनिधी, महिला अधिकारकर्मी र संचारकर्मीहरु लगायतको सहभागिता रहेको थियो ।लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको आयोजना तथा संचारिका समूह लुम्बिनी प्रदेशको समन्वयमा कपिलवस्तुको बाणगंगामा शुक्रवार अभिमुखिकरण कार्यक्रम भएको हो ।
प्रतिक्रिया