अर्थ-वाणिज्य

आकस्मीक बिदाको दिनमा बैकहरु खुला रहने : साढे १ वजे सम्म सेवा सूचारु




कपिलवस्तु १३ फागुन ।अब बैंक तथा वित्तीय संस्थाहरुले आकस्मिक बिदाको दिन पनि शाखा सञ्चालन गर्नुपर्ने भएको छ । राष्ट्र बैंकले शुक्रबार एकीकृत निर्देशन जारी गर्दै सरकारले आकस्मिक बिदा दिएको दिनमा बैंकिङ्ग सेवा सुचारु गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको हो ।राष्ट्र बैंकबाट जारी भएको बैंक बिदाको सूचीका अतिरिक्त सरकारबाट आकस्मिक बिदा घोषणा भएको दिन नगद कारोबार, चेक क्लियरिंग, आरटिजिएस लगायत अत्यावश्यक बैंकिंग सेवा प्रदान गर्न निर्देशन दिएको छ । उक्त दिन विहान १० देखि दिउसो साढे १ बजेसम्म आवश्यक विभाग तथा कार्यालय खुला राखी सेवा सुचारु गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको हो ।
‘राष्ट्र बैंकबाट जारी भएको बैंक बिदाको सूचीका अतिरिक्त नेपाल सरकारबाट आकस्मिक बिदा घोषणा भएको दिन नगद कारोबार, चेक क्लियरिंग, आरटिजिएस लगायत अत्यावश्यक बैंकिंग सेवा प्रदान गर्न विहान १० देखि दिउसो साढ १ बजेसम्म बैंक तथा वित्तीय संस्थाले आवश्यक विभाग तथा कार्यालय खुला राखी सेवा सुचारु गर्ने व्यवस्था मिलाउनु पर्नेछ,’ राष्ट्र बैंकको निर्देशनमा उल्लेख छ ।साथै, विदेशबाट आएको रकम बचत तथा मुद्दती खातामा जम्मा गर्यो भने थप एक प्रतिशत ब्याज दिन बैंक तथा वित्तीय संस्थाहरुलाई भनेको छ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीको बैंकिङ्ग प्रणालीबाट प्राप्त हुने विप्रेषण रकम बैंक तथा वित्तीय संस्थाहरुमा खोलिएको वा खोलिने विप्रेषण (रेमिटयान्स) बचत खातामा निक्षेप राखेमा न्यूनतम १ प्रतिशत बिन्दु थप गरी ब्याजदर प्रदान गर्नु पर्नेछ ।सो खाताबाट रकमान्तर गरी खोलिएको मुद्दती खातामा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीले परिवारको नाममा पठाएको विप्रेषण रकम निजको परिवारले बचत तथा मुद्दती निक्षेप खातामा राखेमा न्यूनतम १ प्रतिशत बिन्दु थप गरी ब्याजदर प्रदान गर्नु पर्नेछ ।

प्रकाशित : १३ फाल्गुन २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६