पाल्पा १४ फागुन ।उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सुझाव कार्यदलको प्रतिवेदनका आधारमा गुणात्मक हस्तक्षेप हुने बताएका छन् । नेपाल पत्रकार महासंघ पाल्पा शाखाले तानसेनमा राखेको पत्रकार भेटमा मन्त्री श्रेष्ठले मन्त्रालयले तीनवटा सुधारका कार्ययोजना अघि बढाउन कार्यदल बनाएको बताए ।सुशासन सुधार सुझाव कार्यदल, भौतिक पूर्वाधार आयोजना नीतिगत र कार्यान्वयन पक्षमा प्रणालीगत सुधार गर्ने सुझाव कार्यदल, यातायात व्यवस्थापन सुधार सुझाव कार्यदल गठन गरेको छ ।
मन्त्री श्रेष्ठले भौतिक पूर्वाधारका क्षेत्र अव्यवस्थित रहेको स्वीकार गर्दै गुणस्तरीय काम नगर्ने र समयमा काम नगर्ने अवस्था रहेको पनि बताएका थिए । तर गठन भएका तीनवटा कार्यदलबाट भौतिक पूर्वाधारको काम र यातायात क्षेत्रतर्फको समस्या समाधान गर्न सहयोग पुग्ने पनि मन्त्री श्रेष्ठले बताए ।
प्रतिक्रिया