अन्तर्राष्ट्रिय

कपिलवस्तु लुम्बिनी भन्दा उत्कृष्ट तर सधै छाँयामा : मन्त्री पन्थी




भगवती न्यौपाने
कपिलवस्तु १६ फागुन ।लुम्विीनी प्रदेशका स्वास्थ्य मन्त्री विष्णु पन्थीले कपिलवस्तु लुम्बिनी भन्दा उत्कष्ट रहेको तर उचित प्रचार नभएको वताउनु भएको छ । उहाँले बिश्वमै कपिलवस्तु शहरको अर्काे स्थान नभएको दावि गर्दै लुम्विनी विकास कोषले छायामा राखेको वताउनु भयो ।.कपिलव्स्तु महावन सप्पाय महास्थान विहारको निर्माणकालागि दानदिन आमन्त्रीत थाइल्यान्डका पाहुनाहरुलाई स्वागत गर्दै उहाँले यस्तो बताउनु भएको हो ।उहाँले थाइल्याण्डवाट आएर दान दिदै मधुवन धाममा यतिठूलो विहार वनाउन सघाएको भन्दै स्वागत समेत गर्नु भयो । लुम्बिनीमा आउने पर्यटकलाई कपिलवस्तु जिल्लामा ल्याउन सकेयस क्षेत्रको विकास र आर्थिक क्षेत्रमा टेवा पुग्ने उहाँले बताउनु भयो ।
पुर्व मन्त्री दिपकुमार उपाध्याय र भरत कुमार शाहले जिल्लामा रहेको धामहरुको महत्व विशेष रहेको बताउनु भयो । साथै उहाँले यस क्षेत्रको विकासमा पहल गर्ने बताउदै पर्यटकिय स्थलको रुपमा विकास गर्ने जनाउनु भयो । नगरपालिकाको तर्फबाट थाइल्यान्डका पाहुनालाई स्वागत गर्दै वाणगंगा नगरपालिकाका मेयर चक्रपाणी अर्यालले नगरमा रहेका धार्मिक स्थल र धामहरुलाई विकास गर्दै पर्यटकिय स्थलको रुपमा विकास गर्ने बताउनु भयो ।थाइल्यान्डका पाहुनाहरुले बोल्दै बुद्धले २९ बर्ष जीवन विताएको ठाउँमा आउदा आफुहरुलाई धेरै खुशी लागेको बताउदै थाइल्यान्ड र नेपालको सम्बन्ध सदैव राम्रो हुने बताउनु भयो । शान्तिका अग्रदूत भगवान् गौतमबुद्धसँग सम्बन्धित भएका कारण उक्त स्थल विश्वप्रसिद्ध भएको बताउनु भयो ।
यता लुम्बिनी र कपिलवस्तु कार्यक्षेत्र हेर्दै आउनु भएका लुम्बिनीमा बस्ने स्वमंगलु भन्तेले यस ठाउँमा विदेशी पाउना आउदा यस ठाउँको विकास हुने बताउनु भयो । उक्त कार्यक्रममा थाइल्यान्डबाट इन्डेक्स इन्टरनेशनल ग्रुप डाक्टर चाइना रोम ,जेनरल डा. सरोज केवाखाजी,सिइओ चुक समड प्राइभेट कम्पनी,डा.पुर्व गभर्नर लम्फुन सहित थाइल्यान्डका ५० जतिको सहभागिता रहेको थियो । यता उक्त कार्यक्रममा कपिलवस्तु वडा नम्बर ८ का वडा अध्यक्ष बाबुराम अर्याल, इलाका प्रहरी पिपराका प्रमुख दिपक बाबु के शी समाजसेवी, बुद्धिजिवि, पत्रकार लगायतको उपस्थिति रहको थियो ।शान्ती कुञ्ज मधुवान धामका अध्यक्ष चुणामणि अर्यालको अध्यक्षता विपस्ना केन्द्रका सचिव चतुर्भुज पाण्डेको स्वागत मन्तव्यमा भएको कार्यक्रमको सञ्चालन धामका सल्लाकार पोमनारायण पौडेलले गर्नु भएको थियो । यता मधुवन धाममा बन्दै गरेको विहारमा थाइल्यान्डको साथ सहयोग रहने छ । विहार १ करोड लागतमामा बन्दै छ ।

प्रकाशित : १६ फाल्गुन २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६