खोज–अनुसन्धान

बिधुत हुकिङ गरी चोरी गर्ने ९ जना पक्राउ




दाङ १७ फागुन । दाङको देउखुरीमा विद्युत हुकिङ गरी चोरी गर्ने ९ जना पक्राउ पेरका छन् । राजपुर गाउँपालिका वडा नम्बर ३, ५ र गढवा गाउँपालिकाको वडा नम्बर ४ का विभिन्न ठाउँबाट रात्रिकालीन अनुगमनको क्रममा गएको फागुन १४ गते ९ जना पक्राउ परेका हुन् ।पक्राउ पर्नेमा राजपुर गाउँपालिका वडा नम्बर ३ वसन्तपुरका जगदम्बा प्रसाद अहिर, वडा नम्बर ३ भैंसवाका जमुना प्रसाद यादव रहेका नेपाल विद्युत् प्राधिकरण लमही वितरण केन्द्रका प्रमुख जगन्नाथ लामिछानेले जानकारी दिए । यस्तै, राजपुर गाउँपालिका वडा नम्बर ५ चङ्गवाका सञ्चित कुमार यादव, शिवकुमार यादव, तहलु यादव, फिरोज अली, बैधु अली र गढवा गाउँपालिकाको वडा नम्बर ४ रामनगरका दिपक यादव रहेका छन् ।
नेपाल विद्युत प्राधिकरण लमही वितरण केन्द्र, सशस्त्र प्रहरी बल अर्जुन खोला र इलाका प्रहरी कार्यालय गढवाको टोलीले उनीहरुलाई विद्युत् हुकिङ गरी चोरी गर्दै गरेको अवस्थामा पक्राउ गरेको प्रमुख लामिछानेले बताए । उनीहरुले १ लाख २ हजार रुपैयाँभन्दा बढी रकम तिर्न बाँकी रहेको छ । त्यस मध्यमा ४ जनाले ४० हजार रुपैयाँ भन्दा बढी जरिबाना सहितको बक्यौता रकम बुझाएपछि छाडिएको छ भने अन्य ५ जनाको बारेमा छानबिन भइरहेको बताए ।

प्रकाशित : १७ फाल्गुन २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६