हरि घिमिरे
कपिलवस्तु, १८ फागुन ।बाणगंगा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत खिमानन्द भुसालले कफी वारिस्ता तालिमका सहभागिलाइ व्यवसायिक भई आय आर्जनमा लाग्न सुझाव दिनु भएको छ । बाणगंगाको द गार्डेन होटलमा संचालित तालिमको अनुगमन गर्दै उहाँले सिपमुलक तालिमलाई आय आर्जनमा जोड्न सुझाउनु भएको हो । प्रमुख प्रशासकिय अधिकृत भुसालले भन्नुभयो “तालिम लिएर रोजगारी र ब्यवसाय सग जोडिन सकिएन भने कुनै अर्थ हुँदैन ।” ‘सिपमुलक तालिम भनेर नगरबाट लाखै बजेट विनियोजन हुन्छ तर तालिम अनुसारको व्यवहारमा देखिदैन ।’उहाँले बेरोजगार तथा यस कफि बारिस्ता तालिममा रुचि भएका नगरका युवायुवतीहरुलाई सिपमुलक तालिम प्रदान गर्नका लागि दिनरात खट्ने होटल तथा पर्यटन व्यवसायी सघंको काम प्रसंशायोग्य भएको बताउनु भयो ।
यस्तै अनुगमनकै क्रममा तालिमको प्राविधक सहयोग रहेको सिनर्जी बहुउदेश्यीय सहकारी सस्था लिमिटेडका अध्यक्ष लक्ष्मण बेल्वासेले दैनिकि सग जोडिएका बिषयबस्तुलाई सिप संग नजोडे आर्थिक उपार्जन गर्न नसक्ने बताउदै तालिमलाई रोजगार मुलक बनाउने पर्ने बताउनु भयो । उहाँले हाँम्रा कल्चर संग मिल्दा स सना चिज बस्तुको प्रर्वद्धन गर्न नसके देशको आर्थिक विकास सम्भव नरहेको बताउनु भयो ।यस्तै होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुका अध्यक्ष रविन्द्र पौडेलले सिपमुलक तालिम लिइसके पछि केहि न केहि व्यवसाय गरेर आर्थिक रुपमा सक्षम हुनुपर्ने प्रष्टाउनु भयो । नगरका युवा युवतीहरुलाई उद्यमतर्फ उन्मुख गराउनका लागि कफी वारिस्ता तालिमको आयोजना गरिएको जानकारी गराउदै आफुले सिकेको सिपलाई सदुपयोग गर्न सहभागिलाई अनुरोध गर्नुभयो । उद्यमशील बनाउने लक्ष्यसहित तालिम सञ्चालन गरिएको बताउदै सक्षम ब्यक्तीको माग बजारमा बढ्दै गएको अध्यक्ष पौडेलको भनाई छ ।
उद्यमशिलताको बिकास गर्दै उत्पादित बस्तुको बजारीकरणमा सघाउ पु¥याउने उद्देश्यले वाणगङ्गा नगरपालिकामा २० दिने निःशुल्क कफी वारिस्ता सम्बन्धीे तालिम संचालन भएको छ । तालिममा सहभागिहरुले कफि बारिस्ता तालिम आफ्नो दैनिक जिवनमा पनि लागु गर्न सकिने भन्दै फलदाई रहेको बताएका छन् ।यहिँ फागुन ११ गते सुरु भएको तालिम २० दिन सम्म चल्ने छ । तालिममा वाणगङ्गा नगरपालिकाको ११ वटै वडाका २५ जनाको सहभागिता रहेको छ । युवा स्वरोजगार व्यवसायी समृद्धी ,पर्यटन प्रवद्र्धन हाम्रो अभियान भन्ने मुल नाराका साथ सुरु भएको तालिम होटल तथा पर्यटन संघ कपिलस्तको आयोजना ,वाणगङ्गा नगरपालिकाको आर्थिक सहयोग र सिनर्जी बहुउदेश्यीय सहकारी सस्था लिमिटेडको प्राविधक सहयोग रहेको छ । तालिमको बाणगंगा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत खिमानन्द भुसाल, लेखा शाखा प्रमुख केशव गैरे, तथा नगरका कर्मचारी आदित्य खनालले विहिवार अनुगमन गर्नु भएको हो ।
१८ फाल्गुन २०७९, बिहिबार
प्रतिक्रिया