पार्वती पाण्डे
कपिलवस्तु २१ फागुन । नेकपा एमालेको २ महिने मिसन ग्रास रुट अभियानले गाउँ गाउँ तातेको छ । यसैक्रममा पार्टी सुदृढीकरण र विस्तारका लागि शनिवार कपिलवस्तुका गाउँ वस्तीमा विभिन्न कार्यक्रम भएका छन् ।यसै विच यशोधरामा पालिका स्तरिय प्रशिक्षण शिविर गरिएको छ । विभिन्न नेताहरुले फरक फरक विषयमा दिएको प्रशिक्षणमा यशोधराका १ सय वढि अगुवा कार्यकर्ता सहभागी थिए । नेकपा एमाले केन्द्रीय सदस्य एवं प्रतिनिधि सभाका सांसद मेनका पोख्रेलले एमालेका जनसंगठन गठन र परिचालन एवं पाटी सदस्यको महत्वको विषयमा प्रशिक्षण दिदै एमाले एक्लैले यो मुलुकको नेतृत्व गर्ने दिन छिट्टै आउने बताउनु भयो ।
केन्द्रीय सदस्य साजिदा सिद्धिकीले मधेशमा एमाले प्रति वढ्दो जनलहरको कारणबारे प्रशिक्षण दिदै एमालेबाट मधेशको वास्तविक मुक्ति सम्भव भएको बताउनु भयो । एमालेका जिल्ला अध्यक्ष डम्मर शर्माले एमालेको सिद्धान्त , कार्यनिति र व्यवहार वारे प्रशिक्षण दिनु भएको थियो । यसै गरि प्रदेश नेता भगवानदास चौधरीले एमाले अरु भन्दा किन भिन्न छ भन्ने विषयमा प्रशिक्षण दिनु भएको थियो । त्यस्तै गरि एमाले पाटी जिल्ला नेता भेषराज पाण्डे र कैलाश अग्रहरीले मिशन ग्रास रुटको मोडालिटि र जनप्रतिनिधि र पार्टी विचको सम्बन्ध बारे प्रशिक्षण दिनु भएको थियो ।
एमालेका एसोधरा गाउँकमिटि अध्यक्ष हरम सरिफको अध्यक्षता , सचिव राजेन्द्र मौर्याको सञ्चालन र जिल्ला नेता उमानाथ पौडेलको उद्देश्य प्रस्तुतीका साथ भएको प्रशिक्षणमा यशोधरा गाउँपालिकाका अध्यक्ष शिवदयाल तिवारीले धन्यवाद मन्तव्य राख्नु भएको थियो ।
यताशिवराजमा मिसन ग्रास रुट अन्तर्गत विभिन्न कार्य योजना निर्माण भएको जिल्ला नेता पिताम्वर खानलले जानकारी दिनु भयो।शनिवार भएको कार्यक्रमवाट चैत्रको पहिलो हप्तासम्मको कार्ययोजना निर्माण भएको छ । पालिकाको विस्तारीत बैठकले यहि फागुन २६ देखि चैत्र २ सम्मको एक हप्ताको योजना निर्माण गर्दै मिसन ग्रासरुटलाई टोलसम्म पुराउने निर्णय गरेको प्रदेश सांसद अर्जुन केसीले वताउनु भयो ।
ढुण्डीराज अधिकारीको अध्यक्षता र कमला काफ्लेको संचालनमा भएको बैठकमा जिल्ला नगर अध्यक्ष जगत पौडेल उपाध्यक्ष महादेव पोखरेल सचिव शरद अधिकारी , बसन्ता गिरी लगायतले वोल्दै एमाले संगठन सुदृढीकरणको महान अभियानलाई प्रभावकारी वनाउने वताउनु भएको थियो ।
कपिलवस्तु , वाणगंगा , वुद्धभुमि , कृष्णनगर , महाराजगञ्ज , शिवराज नगरपालिका र विजयनगर , शुद्धोधन , यसोधरा , मायादेवी ९ वटै पालिकामा ग्रास रुट अभियान तिब्र पारिएको जिल्ला प्रचार विभाग प्रमुख लक्ष्मण बेल्बासेले जानकारी दिनु भयो । पाटी केन्द्रबाट कपिलवस्तुमा खटेर आउनु भएका केन्द्रीय नेताहरुले आआफ्नो जिम्मेवारी अनुसार गाउँ गाउँ खटिएर अभियानमा लाग्नु भएको छ । जिल्लामा पाटीका पोलिटब्युरो सदस्य एवं लुम्बिनी प्रदेश मुख्य मन्त्रीका राजनैतिक सल्लाहकार दधिराम न्यौपाने , केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य मेनका पोख्रेल , केन्द्रीय नेताहरु भुमिश्वर ढकाल , सिता न्यौपाने , साजिदा सिद्धिकी , पशुपतिदयाल मिश्र , मोहमद हारुन हलवाई लगायतका नेताहरु अभियानमा खटिनु भएको छ ।
प्रतिक्रिया