पार्वती पाण्डे
कपिलवस्तु २४ फागुन । ११३ औँ अन्तर्राष्ट्रिय महिला दिवस, बिभिन्न कार्यक्रम गरि मुलुकभर मनाइएको छ । महिला कामदार माथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा हरेक वर्ष मार्च ८ तारिखका दिन विश्वभर दिवस मनाउने गरिन्छ । नेपालले विज्ञान र प्रविधिको क्षेत्रमा महिलाको पहुँच स्थापित गर्ने उद्देश्यले यस वर्ष ‘लैङ्गिक समानताको बलियो आधारः सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ भन्ने राष्ट्रिय नारा तय गरेको छ । दिवसका अवसरमा कपिलबस्तुमा पनि विभिन्न कार्यक्रम गरि मनाइएको छ । दिवरको अवसरमा बाणगंगा नगरपालिकाले पनि ११३ औ अन्तराष्ट्रिय महिला दिवस विभिन्न कार्यक्रम गरि मनाएको छ ।
नगरपालिकाको सभाहलमा वुधवार ‘लैङ्गिक समानताको बलियो आधारः सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ भन्ने राष्ट्रिय नाराको विषयमा बक्तृत्वकला प्रतियोगिता एवं नाटक प्रदर्शन समेत गरेको छ । कार्यक्रममा नगर प्रमुख चक्रपाणी अर्यालले महिलाहरुलाई आर्थिक रुपले सवल बनाइने बताउनु भयो । मुलुकमा थुप्रै परिवर्तन हुदा महिलाको ठुलो योगदान रहेको उहाँले चर्चा गर्नु भयो । महिला र पुरुषको समान कामको असमान ज्याला कहि कतै भईरहेको पाएमा नगरमा जानकारी पनि समेत उहाँले आग्रह गर्नु भयो ।
नगरले महिलाको शसक्तिकरणका लागि विभिन्न योजनाका साथ काम गरेको बताउदै स्वयं महिलाहरु पनि सक्रिय रुपमा लाग्नु पर्ने जनाउनु भयो । नगरपालिकाका उपप्रमुख तथा कार्यक्रमका अध्यक्ष रिता कुमारी चौधरीले समाजले अबलम्बन गर्ने धार्मिक एंब सास्कृतिक मान्यताले महिला र पुरुषलाई असमान व्यवहार गरेको बताउनुभयो ।
महिलामाथि हुने हिंसा र विभेदको अन्त्य गरि पीडित महिलालाई क्षतिपुर्ती सहितको न्याय दिलाइ महिलाको हक अधिकारको संरक्षण गरिने समेत उहाँले जनाउनु भयो ।यस्तै प्रमुख प्रशासकिय अधिकृत खिमानन्द भुषालले महिलाले केही हदसम्म न्याय पाएको भए पनि सबैतिरबाट थिचिएको कारण महिलाको अधिकार अझै सुनिश्चित हुन नसकेको बताउनुभयो ।
महिला बालबालिका तथा जेष्ट नागरिक शाखा प्रमुख सुशिला पन्तको संचालनमा भएको कार्यक्रममा नेपाली कांग्रेसका विष्णु थापा , नेकपा माओवादी केन्द्रका देवराज अर्याल , वडा नं २ का वडा अध्यक्ष एवं नगर प्रवक्ता विष्णु पौडेल , स्वयसेविका संघ केन्द्रीय उपमहासचिव प्रभा पौडेल , उद्योग वाणिंज्य संघका अध्यक्ष दोलकराम घिमिरे लगायतले दिवसको महत्व चर्चा गर्नु भयो । यसैगरी सिद्धार्थ सामाजिक केन्द्रका उपाध्यक्ष त्रिलोचन घिमिरे, राष्ट्रिय वुद्धदर्पण दैनिकका सम्पादक पार्वती पाण्डे ,शिक्षक महासंघ कपिलवस्तु अध्यक्ष दिनासुबेदी , एकल महिला समुहका अध्यक्ष रुपा राई , वडा सदस्य टोपकला जिशी लगायतले महिलाले गरेका योगदानको कदर र क्षमता अनुसारको अवसर अहिलेको आवश्यकता रहेको औल्याउनु भएको थियो । कार्यक्रममा ‘लैङ्गिक समानताको बलियो आधारः सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार भन्ने विषयमा वक्तृत्वकला कार्यक्रम गरिएको थियो । जसमा नगरभित्रका १० वडाले भाग लिएका थिए ।प्रतियोगितामा गंगा घिमिरे प्रथम, अर्चना आचार्य द्धितिय, अप्सरा थारु तृतीय र शर्मिला विकले सान्त्वना स्थान हासिल गर्न सफल हुनुभएको छ । कार्यक्रममा विजयी हुनेहरुलाई नगद सहित कदर पत्रले सम्मान गरिएको थियो । कार्यक्रममा सिद्धार्थ नाट्य समुहले सन्देशमुलक नाटक समेत प्रस्तुत गरेको थियो । कार्यक्रममा नगरभित्रका महिलाहरुको उत्साहजनक उपस्थिती रहेको थियो ।
प्रतिक्रिया