खोज–अनुसन्धान

बुटवल उपमहानगर टेम्पो प्रति कठोर बन्दै




बुटवल, २५ फागुन । बुटवल उपमहानगरपालिकाले आफैले गरेको निर्णय विपरित टेम्पो दर्ता नगरी ज्यादती गरेको चालकहरुले गुनासो गरेका छन् । २०७५ सालमा ३० वटा टेम्पो नगरभित्र सञ्चालन गर्न दिने निर्णय गरेको उपमहानगरले विभिन्न बहानामा १४ वटा टेम्पो दर्ता नगरी महंगो जरिवाना असुलेर चल्न नदिंदा स्वरोजगार मजदुरहरु समस्यामा परेको समेत उनीहरुको गुनासो छ ।उपमहानगरले ई रिक्सा भने पहिले गरेको निर्णयमा उल्लेख संख्या भन्दा धेरै दर्ता गरेको तर टेम्पोमाथि विभेद गर्दा ज्यादती भोग्नुपरेको टेम्पो चालकहरुको गुनासो छ ।
नगरपालिकाले ई रिक्साको हकमा रुपन्देही जिल्लामा बसोबास भएकालाई दर्ता गरिदिने तर टेम्पोको हकमा बुटवल उप महानगर भित्र बसोबास गरेको हुनुपर्ने विभेदकारी निति बनाएर अनुमति पाएका संख्यामा समेत कटौति गरेर अन्याय गरेको तिनाउ टेम्पो यातायात प्रालिका अध्यक्ष महेन्द्र श्रेष्ठले बताए ।उपमहानगरका कर्मचारीले टेम्पोलाई दर्ता नभएको भन्दै ५ हजार जरिवाना असुल्ने गरेको छ । जबकि १०–१५ टन ओभरलोड बोक्ने ट्रकहरुलाई समेत अधिकतम २ हजार जरिवाना हुने कानुनी व्यवस्था छ । यातायात व्यवस्था कार्यालय लुम्बिनीबाट सबै कानूनी प्रकृया पूरा गरेका टेम्पोहरुलाई बुटवल उपमहानगरले ५ हजार रुपैयां जरिवाना गरेर ज्यादती गरेको भुसालले दुखेसो पोखे ।

प्रकाशित : २५ फाल्गुन २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६