खेलकुद

एकदिवसीय क्रिकेटः नेपालले बनायो अहिलेसम्मकै उच्च स्कोर



काठमाण्डौ, २५ फागुन । एकदिवसीय क्रिकेटमा नेपालले अहिलेसम्मकै उच्च स्कोर बनाएको छ ।
आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा पपुवा न्युगिनी (पीएनजी) सँगको खेलमा नेपालले दुई सय ९७ रन बनाएको हो । यो नेपालले एकदिवसीय क्रिकेटमा बनाएको सबैभन्दा ठूलो स्कोर हो । यसअघि फागुनको २ गते नेपालले नामिबियासँगको खेलमा बनाएको २ सय ८७ रनको स्कोर नै अहिलेसम्मको उच्च स्कोर थियो । आजको खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई २ सय ९८ रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको नेपाल ४९ ओभर १ बलमा २ सय ९७ रनमा अलआउट भयो । आज नेपालका आशिफ शेखले शतक बनाएका छन् । उनले एक सय १० रन बनाए । आईसीसी विश्व कप क्रिकेट लिग–२ को यो अन्तिम शृङ्खला हो ।

नेपाललाई शीर्ष तीनमा रहँदै आउँदो जुनरजुलाईमा जिम्बाब्वेमा हुने विश्व कप छनोट सोझै खेल्न बाँकी सबै ४ खेल जित्नुपर्ने हुन्छ । त्यस्तै एकदिवसीय मान्यता कायमै राख्न २ खेल जित्नुपर्ने दबाब छ । शृङ्खलामा घरेलु टोली नेपालसहित यूएई र पपुवा न्युगिनी रहेका छन् । नेपालले यूएई र पपुवा न्युगिनीसँग समान २र२ खेल खेल्नेछ ।

प्रकाशित : २५ फाल्गुन २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६