कपिलवस्तु २९ फागुण ।पत्रकारीतालाई व्यावसायीकरण गर्ने हो भने यसले देश विकासमा ठुलो मद्धत गर्ने बाणगंगाका प्रमुख प्रशासकिय अधिकृत खिमानन्द भुषालले बताउनुभएको छ । नगरपालिको सहयोग र सामुदायिक टेलिभिजन बुद्ध आवाजको आयोजनामा भएको ३ दिने महिला पत्रकारको क्षमता बिकास तथा फिचर समाचार तालिमको समापन कार्यक्रममा बोल्दै नगरका प्रमुख प्रशासकिय अधिकृत भुषालले यस्तो बताउनुभएको हो ।
पत्रकारिता क्षेत्र मर्यादित चुनौती र आलोचित हुने संगै जोखिम क्षेत्र भएकोले आफ्नो अनुकुलता र क्षमतालाई बुझी सकरात्मक र उपलब्धी मुलक ढंगले अघि बढ्न सुझाब दिनुभयो ।सामुदायिक टेलिभिजन र रेडियो बुद्ध आवाजका ब्यवस्थापक भेषराज पाण्डेका अनुसार तालिम अवधि भरि महिलाको नेतृत्व बिकास , खोज पत्रकारिता कसरी गर्ने , उद्धघोषण सम्बन्धी कला, बिकास पत्रकारिता के हो ? , समाचार प्रकृतिका बारेमा सिकाईएको बताउनुभयो ।
तालिमका बिषयबस्तु माथि सामुदायिक टेलिभिजन र रेडियो बुद्ध आवाजका स्टेशन म्यानेजर भेषराज पाण्डे, सञ्चारिका समुहकी पुर्व अध्यक्ष पार्वती पाण्डे, बुद्धआवाजका कार्यक्रम प्रमुख बिकास थापा लगायतले प्रशिक्षण दिनुभएको थियो ।समापन कार्यक्रममा प्रशिक्षार्थी मध्यबाट दिक्षा सुनार र जस्मिन रानाले तालिम उपलव्धी मुलक रहेको र आगामि दिनमा ससक्त पत्रकारीता गर्न मद्धत पुग्ने विश्वास आफुहरुका जागेको बताउनुभयो । समापन कार्यक्रम कपिलवस्तु सञ्चार सहकारी संस्थाका सदस्य अन्नपुर्ण रजौरियाको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाको प्रशासन तर्फ लेखा शाखा प्रमुख उमाशंकर चौधरीको आतिथ्यता रहेको थियो । बुद्ध आवाज रेडियो /टेलिभिजनका कार्यक्रम शाखा प्रमुख बिकास थापाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
प्रतिक्रिया