भगवती न्यौपाने
कपिलवस्तु ३० फागनु । युवा स्वरोजगार,व्यवसायी समृद्धि, पवद्र्धन हाम्रो अभियान भन्ने नाराका साथ होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तु प्रधान कार्यलयम वाणगंगा नगरपालिका ४ कपिलवस्तुले निः शुल्क होटल व्यवस्थापन अन्तर्गत केक तथा बेकरी तालिम सुरु गरेको छ ।केक तथा बेकरी तालिमको उ्दघाटन गर्दै वाणंगगा नगरपालिकाका नगर प्रमुख चक्र पाणि अर्याले तालिमबाट सिकेको सिप व्यवहारमा प्रयोग गर्न आग्रह गर्दै युवाहरुलाई स्वरोजगार बनाउन नगर सधैं प्रतिबद्ध रहेको बताउनु भयो ।
नगर प्रमुख अर्यालले वाणगंगा नगरमा अब ६ महिनामा कस्ले कति तालिम लियो भनेर पनि सङ्कलन गर्ने बताउनु भयो ।नगरका प्रशासकिय अधिकृत खिमान्द भुषालले बोल्दै तालिम तालिमको लागि मात्रै नभएर सिकेको सिप व्यवसायीक र आर्यआर्जन तर्फ जोड्न दिन आग्रह गर्नु भयो । सिनर्जी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष लक्षमण बेल्वासे, उद्योग वाणिाज्य संग कपिलवस्तुका अध्यक्ष दोलकराम घिमिरेले बोल्दै यस तालिमले युवाहरुमा स्वरोजगार बनाउन मद्दत पुग्ने बताउदै युवालाई व्यवसायीक हुन अनुरोध गर्नु भयो ।
यता तालिमका प्रशिक्षक सन्जय घिमिरेले समयको मागलाई यस तालिमलले सघाउने बताउदै तालिममा केक, मफिन,दुनोट,बर्गर र पिजा लगायत धेरै सिकाईने बताउनु भयो। उक्त कार्यक्रममा सिनर्जि सहकारी संस्था लि. का व्यवस्थापक दिनामणी खनाल,लेखा शाखा प्रमुख तथा कानुनी सल्लाकार ईश्वर न्यौपाने,प्रशिक्षक,तालिम विज्ञ लगायतको उपस्थिति रहेको थियो ।होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुका अध्यक्ष रविन्द्र पौडेल को अध्यक्ष वरिष्ठ उपाध्यक्ष भिमलाल सापकोटाको स्वागत मन्तव्यमा भएको कार्यक्रमको सञ्चालन संस्थाका कोषाध्यक्ष सरोजमणी पौडेलले गर्नु भएको थियो ।
होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुको आयोजना,वाणगंगा नगरपालिको आर्थिक सहयोग रहेको थियो भने प्राविधिक सहयोग सिनर्जी बहुउद्देश्यीय सहकारी संस्था लि. वाणगगा नगरपालिका १ को रहेको थियो । द गार्डेन होटल बाणगंगा नगरपालिका वडा न ४सिद्धिपुरमा हुने तालिममा नगरका २५जाना महिला पुरुष युवाहरुको सहभागी रहने छ ।
३० फाल्गुन २०७९, मंगलबार
प्रतिक्रिया