अर्थ-वाणिज्य

तिलौराकोट आउने पर्यटकलाई हैरानी पुराउने यी वालवालिका को हुन् ?




नारद कोहार
कपिलवस्तु १ चैत।तिलौराकोट आउने पर्यटकहरुलाई मगन्ते बालबालिकाले पैसा मागेर हैरान बनाउने गरेका छन् । कपिलवस्तु नगरपालिकाभित्र रहेका बुद्धस्थलहरूमा मगन्ते बालबालिकाले पैसा र सामान माग्ने गरेको दृश्य सामान्य जस्तै बनेको छ। प्राचीन कपिलवस्तुस्थित बुद्धस्थलको अवलोकन गर्न आएका पर्यटक देख्नेबित्तिकै हुलका हुल बालबालिकाले घेर्ने गर्छन्। राजा शुद्धोधनको राजदरबार एवं बुद्धले २९ वर्ष बिताएको ठाउँ तिलौराकोट, बुद्धले बुधत्व प्राप्त गरेपछि आमा बुवालाई भेटेको ठाउँ कुदान, कनकमुनि बुद्धको जन्मस्थल निग्लिहवा क्षेत्रमा पर्यटक बोकेको बस देख्नेबित्तिकै मगन्ते बालबालिका दौडिँदै वरिपरि झुम्मिने गर्छन्।
यसले पर्यटकलाई समेत अफ्ठ्यारो र असहज हुने गरेको छ। बाटो छेकेरै पैसा मागेर सास्ती दिने गरिएकाले पर्यटकको हेर्ने दृष्टिकोणमा समेत नकारात्मक असर परेको स्थानीय व्यवसायी दिनेश रायमाझीले बताउनुभयो। लुम्बिनी विकास कोषले तिलौराकोट, कुदान, निग्लिहवालगायतका स्थानमा सुरक्षा गार्ड खटाए पनि मगन्ते बालबालिका नियन्त्रणका सम्बन्धमा कुनै चासो नलिएको उहाँले बताउनुभयो। लुम्बिनी विकास कोष तिलौराकोटका प्रमुख माधवप्रसाद आचार्यले मगन्ते बालबालिकाका कारण विदेशी पर्यटक तथा तीर्थयात्रीमाझ नराम्रो सन्देश गएको बताउनुहुन्छ। यस्ता कार्यको नियन्त्रणका लागि कोषल ठोस कदम चाल्ने समेत उहाँले बताउनुभयो। बालबालिका मगन्ते बनेर तिलौराकोट क्षेत्रमा आउने गरेको बताइएको छ। यहाँ वार्षिक ५० देखि ६० हजारको हराहारीमा विभिन्न देशका पर्यटक आउने गरेका छन्।

प्रकाशित : १ चैत्र २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे