खोज–अनुसन्धान

५० प्रतिशत अनुदानमा मौरी गोला घार वितरण




भगवती न्यौपाने
कपिलवस्तु ३० फागुन । वाणगंगा नगरपालिकाले चालु आर्थिक वर्ष ७९।८० को वार्षिक कार्यक्रम अनुसार ५० प्रतिशत अनुदानमा मौरि गोला घार वितरण गरिएको छ । कृषि फर्म,कृषक समुह र कृषि सहकारी गरि ११ वटा समुहलाई मौरिका गोला घार वितरण गरिएको हो । किसानलाई मौरी गोला हस्तान्तरण गदै नगर प्रमुख चक्र पाणी अर्यालले महको सेवनले मानिसको विभिन्न प्रकारको रोगसंग लड्न सक्ने प्रतिरोधात्मक शक्ति प्रदान गर्ने र महवाट मानिसलाई चाहिने हरेक पौष्टिक आहार प्राप्त हुने बताउनु भयो साथै उहाँले सजिलै विक्री गर्न सकिने भएकाले मौरी पालन प्रति कृषकहरु पछिलो समय आर्कषित हुदै गएको वताउनुभयो ।
नगरका प्रमुख प्रशासकिय अधिकृत खिमानन्द भुषालले दत्तचित्त भएर मह उत्पादन वृद्धी तर्फ लाग्न कृषकहरुलाई आग्रह गर्दै किसानलाई नगरले सधै साथ दिने बताउनु भयो । यता कृषि विकास अधिकृत लेशबाहादुर केशि र कृषि अधिकृत धनिराम आचार्यलले मौरी पालन व्यवसायबाट कृषक व्यावसायिक र आत्मनिर्भर बन्न सक्ने बताउनु भयो । मौरीको गोला र घार वितरण नगरमा भएको थियो ।

प्रकाशित : ३० फाल्गुन २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६