कपिलवस्तु १ चैत्र । एकल महिलाहरुको समस्या पहिचान गरेर नगरले कार्यक्रम राख्ने गरेको वाणगंगा नगरपालिकका प्रमुख प्रशासकिय अधिकृत खिमानन्द भुषालले बताउनु भएको छ । वुधवार वडा नं १० को पटनामा एकल महिल वडा स्तरिय भेला तथा समुह गठन तथा अभिमुखीकरण कार्यक्रमलाई समुद्घाटन गर्दै प्रमुख प्रशासकिय अधिकृत भुषालले यस्तो बताउनु भएको हो । उहाँले अगाडि भन्नु भयो , एकल महिलाहरुको लागि के आवश्यकता छ , सोहि अनुसारको योजना लिएर आउनुहोस ।
एकल महिलाहरुलाई सक्षम बनाउनु सरकारको दायित्व हो , भुषालले भन्नु भयो । एकल महिलाहरुको इतिहास र संघर्षबारे झमक कुमारीको उदाहरण दिदै नगरपालिकाले विभिन्न अवसरहरु प्रदान गरेको उहाँले बताउनु भयो ।
प्रमुख भुषालले उत्साहका साथ नेतृत्व स्थापित गर्न र अगाडि वढ्न सबै महिलाहरुलाई आग्रह गर्नु भयो । कार्यक्रममा वडा अध्यक्ष यम प्रसाद पोख्रेलले एकल महिलाहरुलाई प्राथमिकताका साथ विभिन्न अवसरहरु प्रदान गर्ने बताउनु भयो । पत्रकार महासंघका निवर्तमान उपाध्यक्ष एवं वुद्धदर्पण दैनिकका सम्पादक पार्वती पाण्डेले एकल महिलाहरुलाई सक्षम बनाउनु सरकारको दायित्व भएको औल्याउनु भयो ।एकल महिला समुहका अध्यक्ष रुपा राईले एकल महिलाहरुका थुप्रै समस्या रहेको जनाउदै ति समस्या र चुनौतीलाई सामना गर्दै महिलाहरु अगाडि बढेको बताउनु भयो। हक अधिकारका लागि सबै एकल महिलाहरु संगठित हुनु पर्नेमा समेत उहाँले जोड दिनु भयो ।
उपाध्यक्ष टिका कुमारी अधिकारीको स्वागत एवं सचिव शोभा आचार्यको सञ्चालनमा भएको कार्यक्रममा सिद्धार्थ सामाजिक विकास केन्द्रका शोभा पौडेलले एकल महिलाको अधिकार र समुह गठनका बारेमा बताउनु भएको थियो । कार्यक्रममा सामाजिक क्षेत्रमा योगदान पुर्याएका ५ जना एकल महिलालाई कदरपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो । संघर्ष गरेका एकल महिलाहरु सम्मानित भएकोमा खुशी भएका थिए । यस्तै गरि भेलाले भगवती क्षेत्रीको अध्यक्षतामा १३ सदस्सीय वडा स्तरिय मानव अधिकारका लागि एकल महिला समुह गठन गरेको छ ।
प्रतिक्रिया