अर्थ-वाणिज्य

सडक निर्माण ठेक्का : १८ महिने म्याद ४८ महिना थपियो




भैरहवा १ चैत ।रुपन्देहीको सिद्धार्थनगर भैरहवाका १९ वटा सडक ६ वर्षदेखि सम्पन्न हुन सकेको छैन । सङ्घीय आयोजना कार्यान्वयन इकाइ भैरहवाअन्तर्गत सघन शहरी विकास कार्यक्रममा सडक विस्तार तथा स्तरोन्नतिका लागि छनोट भएका ती सडक २०७४ असार २९ गते १८ महिनामा निर्माण सम्पन्न गर्नेगरी सम्झौता भएको थियो ।२०७५ साल पुस २८ गते सम्पन्न गर्ने गरी निर्माण कम्पनी पप्पु कोसी एण्ड न्यौपाने शिवशक्ति जेभीले सम्झौता गरेपनि अहिलेसम्म निर्माण सम्पन्न नहुँदा स्थानीयले सास्ती भोग्नु परेको छ । ५५ करोड ७१ लाख रुपियाँ लागत अनुमानमा ठेक्का भएको उक्त सडक ३३ करोड ३१ लाख रुपियाँमा सम्पन्न गर्ने जिम्मा निर्माण कम्पनीले लिएको थियो ।
१७ प्रतिशत कम मूल्यमा ठेक्का लिएको कम्पनीले अहिलेसम्म ८४ प्रतिशत भौतिक प्रगति गरेको छ भने सोही अनुपातमै करिब ८५ प्रतिशत रकम भुक्तानी लिइसकेको छ । कालोपत्रे र ढलाइसहित निर्माण गर्नुपर्ने १२ किलोमिटर ३४ मिटरको सडकमध्ये अहिलेसम्म मेउडिहवादेखि फुलपुरको सडक क्षेत्र साइट क्लियर नभएर रोकिएको छ ।

प्रकाशित : १ चैत्र २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६