खेलकुद

खेलकुदवाट यूवाले २ वटा अमूल्य गुण सिक्छन्: मन्त्री पन्थी




कपिलवस्तु १ चैत । लुम्बिनी प्रदेका स्वास्थ्य मन्त्रि विष्णु पन्थिले खेलकुदवाट यूवाले स्वास्थ्य र भावनात्मक एकता पाउने वताउनु भएको छ । नगर स्तरीय मेयरकप प्रतियोगिताको समापन समारोहमा बोल्दैे उहाले खेलको माध्यमले युवाहरुलाई स्वस्थ्य रहन मद्धत मिल्ने बताउनु भयो ।उहाले स्थानीय स्तरमा संचालन हुने यस्ता प्रतियोगिताले खेलाडी उत्पादन गर्न मतद पुग्ने बताउदै खेलाडी प्रतियोगिहरुलाई वाणगंगा नगरपालिकामा मात्रै होईन खेल क्षेत्रमा देश विदेशमा चिनारी बनाउन समेत आग्रह गर्नु भयो । सोही समारोहमा वोल्दै खेलकुद क्षेत्रले यूवालाई भावनात्मक रुपले जाड्ने बाणगंगाका मेयर चक्रपाणी अर्यालले वताउनु भएको छ । उहाले बोल्दै खेलकुदको माध्यले युवाहरुको भविष्य राम्रो भएको बताउनु भयो । युवाहरुलाई खेलकुदप्रति आकर्षण गराउन र यस क्षेत्रमा टिकाई राख्न नगर प्रतिवद्ध रहेको उहाँले जिकीर गर्नु भयो ।
यता वाणगंङ्गा नगरपालिकामा फागुन २५ गतेबाट सुरु भएको चौथो मेयर कप फुटबल प्रतियोगिताको उपाधी वडा नं. १ ले जितेको छ । फाइनल खेलमा वडा नं. १ ले वडा नं.२ लाई १।० गोल अन्तरले पराजित गर्दै उपाधी जितेको हो । उपाधि संगै वडा नं. १ ले नगद १ लाख रुपैया पुरस्कार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । वडा नंं २ भने उपविजेता हुदै नगद ७५ हजारमा चित्त बुझाउन बाध्य भएको छ । यस्तै खेलमा विभिन्न विधामा उत्कृत खेल प्रदर्शन गर्ने खेलाडीहरुलाई समेत पुस्कृत गरिएको छ । प्रतियोगितामा नगरका ११ वटै वडाको ट सहभागिता रहेको थियो ।

प्रकाशित : २ चैत्र २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे