प्रदेश

गुल्मीबाट चार हजार बढी विद्यार्थी एसईईमा सहभागी हुँदै



चैत २ गुल्मी – गुल्मीबाट माध्यमिक शिक्षा परीक्षा ९एसईई० मा चार हजार बढी विद्यार्थी सहभागी हुनेभएका छन् । चैत १७ गतेदेखि सुरु हुन लागेको एसईई परीक्षामा जिल्लाका १४० वटा विद्यालयका चार हजार ७२२ विद्यार्थी सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाइ गुल्मीका इकाइ प्रमुख लोकनाथ मरासिनीले जानकारी दिनुभयो ।
इकाइ प्रमुख मरासिनीका अनुसार नियमित साधारणतर्फ चार हजार ३३८ र नियमित प्राविधिकतर्फ ३४२ विद्यार्थी परीक्षामा सहभागी हुनेछन् । त्यस्तै, नियमिततर्फ खुला आठ र आंशिक तथा ग्रेडवृद्धितर्फ ४२ विद्यार्थी परीक्षामा सहभागी हुनेभएका छन् । परीक्षामा सहभागी हुन न्यूनतम् ७० प्रतिशत हाजिरी पुगेको हुनुपर्ने छ ।
यस जिल्लाका १६ विद्यालयले प्राविधिक शिक्षा सञ्चालन गरेका छन् । यस वर्षको एसईईमा साधारण र प्राविधिक धारतर्फको परीक्षा केन्द्र एउटै केन्द्रमा हुनेभएको छ । विगतमा प्राविधिक धारतर्फको परीक्षा केन्द्र तम्घासको महेन्द्र माध्यमिक विद्यालयमा रहेको उहाँले बताउनुभयो ।
एसईई परीक्षालाई व्यवस्थित र मर्यादित बनाउन जिल्लाका विभिन्न स्थानमा २८ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । यो वर्ष धुर्कोट गाउँपालिका –७, वाग्लामा रहेको भगवती माध्यमिक विद्यालयमा पनि परीक्षा केन्द्र निर्धारण गरिएको छ ।
त्यस्तै, परीक्षालाई व्यवस्थित र मर्यादित बनाउन जिल्ला परीक्षा समन्वय समिति र शिक्षा विकास तथा समन्वय इकाइले परीक्षाका लागि आवश्यक व्यवस्थापन गर्नेछ । त्यस्तै, परीक्षालाई प्रभावकारी बनाउन अनुगमन टोलीद्वारा अनुगमन गरिने बताइएको छ ।

प्रकाशित : २ चैत्र २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६