खेलकुद

लगातार विकेट गुमाउँदै युएई, नेपाललाई चौथो सफलता




काठमाण्डौं, ०२ चैत्र ।

विस्फोटक ब्याटिङ गरेका युएईका कप्तान मोहम्मद वसिमको विकेट लिएसँगै नेपाल खेलमा फर्किएको छ । युएईले चौथो विकेट पनि गुमाएको छ । दीपेन्द्रसिंह ऐरीले नेपाललाई चौथो सफलता दिलाए । उनले ११ बलमा तीन रन बनाएका आयन अफ्जल खानलाई गुल्सन झाको हातबाट आउट गराए ।

सुदृढ सुरुवात गरे पनि कप्तान मोहम्मद वसिमलाई गुमाएपछि युएई संकटमा देखिएको छ । टिमको स्कोर ९८ हुँदा दोस्रो विकेटका रूपमा वसिम आउट भएका थिए ।

कीर्तिपुरस्थित त्रिवि खेलमैदानमा छक्काको वर्षा गरिरहेका वसिमलाई सन्दीपले पेभेलियन पठाएका हुन् । वसिमले ४९ बलमा ६३ रन बनाए । यसक्रममा उनले ६ छक्का र दुई चौका प्रहार गरे ।

त्यसपछि थप २० रन जोड्दा युएईले तेस्रो विकेटका रूपमा चुन्दनगपोयिल रिजवान सात रनमा गुमायो । भीम सार्कीले फालेको थ्रोमा विकेटकिपर आसिफ सेखले स्टम्प उडाए । ताजाअवस्थामा युएईले २८ ओभरमा चार विकेट गुमाएर एक सय २९ रन बनाएको छ ।

प्रकाशित : २ चैत्र २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६