सरिता थारु
कपिलवस्तु ३ चैत। बाणगंगा नगरपालिकाका नगर उपप्रमुख रिता कुमारी थारुले देशमा देखिएको आर्थिक समस्यालाई मध्यनजर गर्दै सहकारी वा वित्तिय सस्थावाट लिएको ऋणलाई सहि सदुपयोग गरी उद्यमी बन्न आग्रह गर्नुभएको छ । हाले सहकारीबाट लिएको ऋणलाई उत्पादन मुलक र वजार विस्तारमा सदुपयोग गर्दै महिला दिदीबहिनीहरुलाई उद्यमी बन्न आग्रह गर्नु भएको हो । पालिकाले महिला शसक्तिकरणका लागि विभिन्न सिपमुलक तालिम समेत प्रदान गर्दै आएको बताउदै सीपलाई आय आर्जनमा रुपान्तरण गर्न सक्नु पर्नेमा जोड दिनुभयो ।बाणगंगा नगरपालिका वडा नं. ४ स्थित श्री कर्मेश्वर कृषि सहकारी संस्थामा २६ गते देखि सुरुभएको एकहप्ते सहकारी शिक्षा तथा लेखा व्यवस्थापन तालिम समापनका अवसरमा उहाले यस्तो वताउनु भएको हो ।
यस्तै समापन कार्यक्रममा प्रशिक्षक डिभिजन सहकारी कपिलबस्तुका पुर्व अधिकृत राम नरेश पाण्डेय र माउण्ट एभरेष्ट सहकारीका व्यवस्थापक रविलाल भट्टराईले बोल्दै छोटो समयमा कर्मेश्वर कृषि सहकारीले उल्लेख्य रुपमा प्रगति गर्न सफल भएको भन्दै प्रसंशा समेत गर्नुभयो । उहाले निती, विधि र प्रविधिको प्रयोग गर्दै सहकारीहरुले आफ्ना योजनालाई अगाडी लैजानुपर्नेमा जोड दिनुभयो ।कार्यक्रममा ऋण उपसमितीका संयोजक भिखु थारु, सहभागि तिल कुमारी सोमई र माया परियारले बोल्दै तालिममा सिकेका कुरालाई व्यवहारमा उतार्दै जाने प्रतिबद्धता जनाउनुभयो ।
उहाहरुले यस तालिमले आ आफ्नो सामुदायिक संस्थाको हिसाब किताब चुस्त दुरुस्त राख्न मद्धत मिल्ने विश्वास व्यक्त गर्नुभयो । महिलासंग उपप्रमुख कार्यक्रम अन्तरगत बाणगंगा नगरपालिकाको आर्थिक सहयोगमा तालिम संचालन गरिएको हो । तालिममा २६ वटा सामुदायिक संस्थाका ३५ जनाको सहभागिता रहेको थियो । सहकारीका अध्यक्ष भिखु थारुको अध्यक्षता, उपाध्यक्ष रेखा थारुको स्वागत मन्तव्य र सचिव मनमती रानाको संचालनमा समापन सत्र सम्पन्न भएको हो ।
प्रतिक्रिया