अर्थ-वाणिज्य

हुकीङ गरी बिद्यूत चोर्ने ७ जना प्रहरीको नियन्त्रणमा




कपिलवस्तु ३ चैत ।हुकीङ गरी बिद्यूत चोरी गरेको आरोपमा ७ जना पक्राउ परेका छन । बिद्यूत चुहावट बढे पछि नियन्त्रणकालागि चुहावट अभियानमा हिडेका टोलीले यशोधरा गाउँपालिका वडा नम्बर ३ र ८ मा उनीहरुलाई रंगेहात पक्राउ गरी प्रहरीलाई बुझाइएको हो । वडा नम्बर ३ को लोहरौलीबाट ७ जना र वडा नम्बर ८ को एक जनालाई नियन्त्रणमा लिइएको हो । बिद्युत चुहावट बढे पछि नेपाल बिद्यतु प्राधिकरण तौलिहवा बितरण केन्द्रले चुहटावट नियन्त्रणकालागि अभियान संचालन गरेको जनाएको छ । चुहावट नियन्त्रणकालागि बिद्युत कर्मचारी, नेपाल र सशस्त्र प्रहरी सहीत २५ जना बढीको चुहावट नियन्त्रण टोली परिचालन गरिएको छ ।

तौलिहवा बितरण केन्द्रका प्रमुख राजेश कुमार झाले हुकीङ गरी गैर कानुनीरुपमा बिद्यतु चार्ने यशोधरा गाउपालिका वडा नम्बर ३ का रमानन्द बनिया, राजेन्द्र यादव, रमानन्द यादव, सत्यनारायण यादव, बेचन यादव,बुधीराम पासी वडा नम्बर ८ बासखोरका पंकज चौधरी पक्राउ परेको बताए ।उनीहरुले हुकीङ गरी खेतमा सिचाई गरीरहेको र घरमा बिद्यतु बालेको आरोपमा पक्राउ गरिएको प्रमुख झाले बताए । उनीहरुकोसाथ बाट बिद्युत मोटर ताल लगातयका बिद्युतीय सामाग्री समेत बरामद गरिएको छ।

प्रकाशित : ३ चैत्र २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६