अन्तर्राष्ट्रिय

यूवा यूवतीलाई बिदेश जानवाट रोक्न पालिकामा लाग्यो मेला




बुटवल ३ चैत्र। युवा युवतीलाई रोजगारीमा जोड्ने उद्देश्यले रुपन्देहीको तिलोत्तमा नगरपालिकाले ‘वृत्ति मार्ग निर्देशन’ र ‘रोजगार सूचना मेला’ गर्ने भएको छ । औद्योगिक तथा व्यावसायिक क्षेत्रमा भएको जनशक्ति अभावलाई पूर्ति गर्ने उद्देश्यले नगरपालिकाले चैत ४ गते १ दिने रोजगार सूचना मेला आयोजना गर्न लागेको हो ।युवा जनशक्ति वैदेशिक रोजगारीमा पलायन भइरहेका कारण जनशक्ति अभावको समस्या रहेको र बेरोजगार युवायुवतीलाई विदेश पलायन हुनबाट रोकेर स्वदेशमै रोजगार सृजना गर्ने मेलाको उद्देश्य रहेको तिलोत्तमा नगरपालिका वडा नं. ६ का वडाध्यक्ष तथा रोजगार मेलाका संयोजक गणेश पाठकले जानकारी दिनुभयो ।

उहाँले तिलोत्तमा नगर क्षेत्रका युवायुवतीलाई स्वदेशमै रोजगारी दिने नीति अनुरुप रोजगार मेला हुने बताउनुभयो ।
रोजगार मेलाले तिलोत्तमा नगर क्षेत्रका उद्योग, कलकारखाना र अन्य क्षेत्रमा आवश्यक जनशक्ति उत्पादन गर्ने, सीप भएर पनि जागिर नपाएर विदेशिन बाध्य नागरिकलाई स्वदेशमै राख्ने वातावरण निर्माण गर्ने अपेक्षा गरिएको संयोजक पाठकको भनाइ छ । मेला भलबारीस्थित रामजानकी मन्दिरको मैदानमा हुनेछ ।

प्रकाशित : ३ चैत्र २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६