खोज–अनुसन्धान

नेकपा एस त्याग्ने क्रम बढ्यो, एकैसाथ ठूलो संख्यामा परित्याग




दाङ ५ चैत । नेकपा एकीकृत समाजवादी का नेता तथा पुर्व मन्त्री मेटमणी चौधरीका विश्वास पात्र मानिने नेता मिना गुरुङ लगायतले शनिवार पार्टी परित्याग गरेका छन् ।नेपका एस दाङ क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद तथा पूर्वमन्त्री मेटमणी चौधरी र दाङ जिल्ला अध्यक्ष शुरामणि बेल्वासेको गतिविधिप्रति असन्तुष्टि जनाउँदै केन्द्रीय परिषद् सदस्य मिना गुरुङसहित चौधरी मन्त्री हुँदा बनेका प्रमुख स्वकीय सचिव भुमाण्डव केसीलगायतले पार्टी छोडेका छन्।
जिल्ला अध्यक्ष बेल्वासेले पार्टी हितविपरीत काम गरेको भन्दै मिना गुरुङ, भुमाण्डव केसी, गौरसिंह महरालाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको जानकारी फेसबुकमा पोष्ट गरेका थिए। प्रतिनिधिसभा सदस्य चौधरी र जिल्ला अध्यक्ष बेल्वासेप्रति सजग रहन अनुरोध गर्दै विज्ञप्ति सार्वजनिक गरेर पार्टी छोडेको घोषणा गरिएको छ।यसरी पार्टी परित्याग गर्नेहरुमा केन्द्रीय परिषद् सदस्य मिना गुरुङ, प्रदेश सदस्य सीता चौधरी, जिल्ला सचिवालय सदस्य तथा लमही नगर अध्यक्ष हिमाल अधिकारी, जिल्ला सचिवालय सदस्य रमेशमान रोका, जिल्ला सदस्य किशन भट्टराई र गौरसिंह महरा छन्।

प्रकाशित : ५ चैत्र २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६